BIZMANDU
www.bizmandu.com

खाद्य संस्थानका खसीबोका राजधानीमा, जिउँदो खसीलाई प्रतिकिलो ३०४ रुपैयाँ

२०६९ कात्तिक १

खाद्य संस्थानका खसीबोका राजधानीमा, जिउँदो खसीलाई प्रतिकिलो ३०४ रुपैयाँ
खाद्य संस्थानका खसीबोका राजधानीमा, जिउँदो खसीलाई प्रतिकिलो ३०४ रुपैयाँ

काठमाडौं । नेपाल खाद्य संस्थानले खसीबोकाको बिक्री सुरु गरेको छ । संस्थानले मंगलबारदेखि राजधानीको थापाथलीस्थित कार्यालयबाट खसीबोकाको बिक्री सुरु गरेको हो । संस्थानले व्यवसायीले भन्दा सस्तोमा खसीबोका बिक्री गरिरहेका छन् ।
संस्थानले २५ किलोसम्मको खसी किलोको ३ सय ४ रुपैयाँमा बिक्री गरिरहेको छ भने २५ किलो माथिको खसी ३ सय १४ रुपैयाँमा बिक्री गरिरहेको छ । संस्थानले यो वर्ष तीन हजार खसीबोका बिक्री गर्दैछ । संस्थानले नेपालगञ्ज, वीरगन्ज, कपिलवस्तु, लाहान लगायतका क्षेत्रबाट खसीबोका ल्याएको छ । संस्थानले खरिद मूल्य भन्दा कममै खस व्यवसायीले भने नेपाली खसी किलोका ३ सय २० र भारतीय खसी ३ सय ४५ रुपैयाँ सम्म बिक्री गरिरहेका छन् ।

Tata
GBIME
Nepal Life