BIZMANDU
www.bizmandu.com

इजी लिंक रेमिट्यान्स र ज्योती विकास बैंकबीच सम्झौता, ज्योतीले इजी लिंकको भुक्तानी दिने

२०७२ भदौ १५

काठमाडौं । इजी लिंक रेमिट्यान्स र ज्योती विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका प्रबन्धक दिपेन्द्र खनाल र ज्योती विकास बैंकका प्रमुख ट्रेजरी अपरेशन जयन्ती श्रेष्ठले हस्ताक्षर गरेका छन् । 
 

 
यो सम्झौतापछि अब विश्वका विभिन्न मुलुकबाट इजी लिंक रेमिट्यान्स मार्फत आएको रकम ज्योती बैंकका देशभरी रहेका २५ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ । सम्झौतापछि  इजी लिंक रेमिट्यान्सका प्रबन्धक दिपेन्द्र खनालले विदेशबाट पठाएको पैसा तत्काल सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने जनाकारी दिए । 
 
इजी लिंकले  खाडी तथा अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी उनले गराए । 
 
यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने प्रबन्धक खनालले जानकारी गराए ।
 

Tata
GBIME
Nepal Life