BIZMANDU
www.bizmandu.com

एक दशकपछि निगमको बैंगलोर उडान मंगलबारबाट, ९० जना यात्रु लिएर उड्दैछ एयरबस

२०७२ भदौ १४

एक दशकपछि निगमको बैंगलोर उडान मंगलबारबाट, ९० जना यात्रु लिएर उड्दैछ एयरबस
एक दशकपछि निगमको बैंगलोर उडान मंगलबारबाट, ९० जना यात्रु लिएर उड्दैछ एयरबस

काठमाडौं । नेपाल वायुसेवा निगले १० वर्षपछि मंगलबारबाट भारतको बैंगलोर सहरमा उडान सुरु गर्ने भएको छ । निगमले २००६ मा बन्द गरेको काठमाडौं-बैंगलोर रुटमा मंगलबारबाट फेरि उडान भर्ने भएको हो ।

Tata
GBIME
Nepal Life

निगमले मंगलबार दिउँसो १२:४५ बजे काठमाडौंबाट बैंग्लोरका लागि पहिलो उडान भर्ने छ । निगमले सेप्टेम्बर १६ बाट भारतको अर्को सहर मुम्बईमा पनि उडान सुरु गर्नेछ ।

'बिदा मनाउन नेपाल आउन चाहने भारतीय पर्यटकका लागि लक्षित गरेर ती गन्तव्यमा उडान सुरु गर्न लागिएको हो,' निगमका प्रवक्ता रामहरि शर्माले भने, 'ती गन्तव्यमा उडान सुरु भए नेपालमा भारतीय पर्यटकको संख्या बढ्ने अनुमान हामीले गरेका छौं ।'

भारतले यसअघि नै नेपाललाई बिदा पर्यटन मनाउने गन्तव्यका रुपमा छनौट गरिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनमा भाग लिएर नयाँदिल्ली फर्किए लगत्तै भारतले नेपाललाई यो सूचीमा राखेको थियो ।

पहिलो उडानमा काठमाडौंबाट बैंगलोर जाने निगमको एयरबस ९० जना यात्रु लिएर जानेछ भने फर्कँदा ३३ जना यात्रु लिएर फर्कनेछ । सुरुमा यात्रु संख्या केहि कम भएपनि विस्तारै बढ्दै जाने अपेक्षा निगमको छ ।

निगमले ती गन्तव्यमा सस्तो दरमा टिकट दिनेसमेत भएको छ । पहिलो एक महिनाका लागि सार्वजनिक गरिएको यो योजना अनुसार एकतर्फी टिकटको मूल्य सम्पूर्ण करसहित १० हजार ९२ रुपैयाँ तोकिएको छ । विदेशी यात्रुले भने यो शूल्कमा थप १ हजार १ सय ३० रुपैयाँ तिर्नुपर्छ ।

निगमले बैंगलोरमा हप्ताको दुई दिन मंगलबार र शनिबार उडान भर्नेछ भने मुम्बईमा सोमबार, बुधबार र शुक्रबार उडान भर्ने जनाएको छ । यस्तै यी रुटमा एक महिनाका लागि दुई वटा टिकट किन्दा एउटा सित्तैमा अफर पनि ल्याइएको छ ।