BIZMANDU
www.bizmandu.com

ग्लोबल आईएमई बैंकले थानकोटमा खोल्यो आफ्नो ८८औं शाखा, उपत्यका भित्र ३१ वटा शाखा

२०७२ भदौ १४

ग्लोबल आईएमई बैंकले थानकोटमा खोल्यो आफ्नो ८८औं शाखा, उपत्यका भित्र ३१ वटा शाखा
ग्लोबल आईएमई बैंकले थानकोटमा खोल्यो आफ्नो ८८औं शाखा, उपत्यका भित्र ३१ वटा शाखा

काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौंको थानकोटमा नयाँ शाखा स्थापना गरेको छ । ग्लोबल बैंकको यो ८८औं शाखा हो । 
ग्लोबल आइएमई बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र प्रसाद ढकालले सोमबार शाखा उदघाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिती थियो ।
 
थानकोटमा खोलिएको नयाँ शाखासँगै ग्लोबल आइएमईको शाखा संख्या ८८ पुगेको छ । काठमाण्डौँ उपत्यका भित्र मात्रै यो बैंकका शाखा ३१ पुगेको छ ।

Tata
GBIME
Nepal Life

‘सबैंका लागि बैंक’ भन्ने मुल नाराका साथ नौँ बर्षअघि खोलिएको बैंकले गुणस्तरीय बैंकिङ सेवाको साथमा अत्याधुनिक मोवाइल बैंकिङ सेवा, अनलाईन बैंकिङ सेवा तथा बिभिन्न मुलुकबाट रेमिट्यान्स्सेवा प्रदान गर्दे आइरहेको छ ।