BIZMANDU
www.bizmandu.com

मर्जरमा जान लागेको कास्की फाइनान्सले १८.१७ प्रतिशत वोनस सेयर दिने, भदौ २९मा साधारण सभा

२०७२ भदौ ९

पोखरा । पोखरामा मुख्य कार्यालय रहेको कास्की फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७१/७२ को मुनाफावाट आफ्ना शेयरधनीहरुलाई १८.१७ प्रतिशत वोनस शेयर दिने भएको छ । 
 
कम्पनीको सञ्चालक समितिको वैठकबाट निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत भैसकेको यो नाफा आगामी भाद्र २९ गते हुने वार्षिक साधारण सभावाट पारित भए पश्चात वितरण गरिने प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
संस्थाले गत आवमा दुई अर्व ८० करोड निक्षेप संकलन दुई अर्ब ४३ करोड कर्जा लगानी गरको छ । हाल संस्थाको केन्द्रिय कार्यालय सहित पोखराको अमरसिंह चोक, पार्दी–विरौंटा, दिप पोखरा, तनहुँको दमौली, लमजुङ्गको दुईपिप्ले बजार, धादिङ्गको धादिङ्गबेसी, नवलपरासीको प्रगतीनगर, चितवनको हाकिमचोक भरतपुर तथा तनहूंँको शुक्ला गण्डकी नगरपालिका गणपते बजार र खैरेनीटार वजारमाा गरि कुल ११ शाखा कार्यालयहरु संचालनमा रहेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
 
 
कास्की फाइनान्स र कामना विकास वैंकबीच मर्जरको लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । अहिले कामना विकासको २८ करोड ३५ लाख र कास्की फाइनान्सको २७ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी छ । बोनसपछि दुवैको चुक्ता पूँजी ६६ करोड रुपैयाँ पुग्ने छ । 
 
सहमति अनुसार मर्जपछि बैैंकको नाम कामना विकास नै रहनेछ । गत आर्थिक वर्षमा कास्की फाइनान्सले सात करोड ४० लाख र कामनाले सात करोड ७५ लाख खुद नाफा कमाएका थिए । कास्कीमा हाल ८३ र कामनामा ७९ कर्मचारी कार्यरत छन् ।
 

Tata
GBIME
Nepal Life