BIZMANDU
www.bizmandu.com

केएल टावरमा विग सेल मेला, १६ दिनसम्म चल्ने मेलामा ५० प्रतिशतसम्म छुट सुविधाको घोषणा

२०७२ भदौ ७

केएल टावरमा विग सेल मेला, १६ दिनसम्म चल्ने मेलामा ५० प्रतिशतसम्म छुट सुविधाको घोषणा
केएल टावरमा विग सेल मेला, १६ दिनसम्म चल्ने मेलामा ५० प्रतिशतसम्म छुट सुविधाको घोषणा

काठमाडौं । चावहिल चुच्चेपाटीस्थीत केएल टावर एण्ड मल्टिकम्प्लेसमा शुक्रबार देखि विग सेल मेला हुने भएको छ। नजिकिदै आईरहेका चाडपर्व तथा आफ्ना ग्राहकलाई लक्षित गरि विग सेला मेला आयोजना गरिएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

शुक्रबारदेखि लगात्तार १६ दिनसम्म संचालन हुने मेलामा ५० प्रतिशतसम्म छुटमा सामानहरु खरिद गर्न सकिने कार्यक्रम संयोजक हिरामणी तिमल्सिनाले जानकारी दिए। केएल टावरमा लत्ता कपडा, व्याग, जुत्ताचप्पल, चस्मा, घडी, कस्मेटिक सामानहरु खरिद गर्ने ग्राहकहरुले विग सेल मेला अवधिभर छुटपाउने छन।

साथै हरेक दिन विविध रमाइला सांगितिक कार्यक्रम, फेशनसो, गेमसो, फ्रीनेल आर्ट तथा फेस पेन्टिङ्गलगायतका कार्यक्रमहरु समेत संचालन गरिने कम्पनीले जनाएको छ।