BIZMANDU
www.bizmandu.com

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, अमेरिकाका अर्थशास्त्री रोथ र साप्लेलाई प्रदान

२०६९ असोज ३०

स्टकहोम । यस वर्षको अर्थशास्त्रको नोबल पुरस्कार अमेरिकी अर्थशास्त्री एल्भिन रोथ र लोयड साप्लेले पाएका छन् । नोबेल पुरस्कार दिने संस्था रोयल स्वीडिस एकेडेमीले सोमवार यो पुरस्कारको घोषणा गरेको हो । यी दुई अर्थशास्त्रीले द थ्योरी अफ स्टेबल एलोकेसन एण्ड द प्राक्टिस अफ मार्केट डिजाइनमा गरेको सोधलाई नोबेल पुरस्कार दिने निर्णय गरिएको हो ।
१२ लाख डलरको यो पुरस्कार प्राप्त गर्ने ८९ वर्षिय साप्ले लसएन्जल्सस्थित क्यालिफोर्निया विश्वविद्यालयमा र ६० वर्षका एलविन रोथले हार्वर्ड विश्वविद्यालयमा प्राध्यापन गर्छन । पुरस्कारको घोषणा भएपछि त्यसलाई स्वागत गर्दै रोथले भनेका छन्, मैले साप्लेसँगको साझेदारीमा यो पुरस्कारको अपेक्षा गरेको थिएँ, यो मैले मात्रै पाउँथे भने यो ठूलो भूल हुने थियो । साप्लेसँग पुरस्कार साझेदारी गर्दा मलाई खुशी लोको छ ।
उनीहरुको यो सोधलाई प्रशंसा गर्नेहरु भन्छन्, यो विद्यार्थीलाई स्कुलमा भर्ना गर्नेदेखि लिएर अस्पतालमा अंग प्रत्यारोपण गर्ने विमारीसम्मलाई उत्तिकै काम लाग्छ । यी दुई अर्थशास्त्रीले एउटै सोधमा काम नगरी फरक–फरक सोधमा काम गरेका थिए ।

Tata
GBIME
Nepal Life