BIZMANDU
www.bizmandu.com

होम ग्रोन कलर्स मोवाइलका तीन वर्ष, १७ प्रतिशत बजार हिस्सा

२०७२ साउन २४

होम ग्रोन कलर्स मोवाइलका तीन वर्ष, १७ प्रतिशत बजार हिस्सा
होम ग्रोन कलर्स मोवाइलका तीन वर्ष, १७ प्रतिशत बजार हिस्सा



विज्ञान अधिकारी/बिजमाण्डू
काठमाडौं । तीन वर्षअघि नेपाली ब्रान्डमा मोबाइल सेट ल्याउँदा धेरैलाई लाग्थ्यो ‘सरभाइभ’ हुनै कठिन  हुन्छ । ‘हाइइन्ड सेगमेन्ट’मा बहुराष्ट्रिय कम्पनी सामसङको दवदवा र तल्लो तहमा चीनमा बनेका भारतीय ब्राण्डले एकछत्र राज गरेको नेपालमा स्वदेशी ब्रान्डले के राम्रो गर्ला? सबैको प्रश्न हुने गर्दथ्यो ।

 
तर यो तीन वर्षमा यी सबै अनुमान गलत सावित भए । तीन वर्षमा नेपाली ब्रान्ड स्वदेशमा मात्रै स्थापित भएन विदेशमा समेत सञ्जाल विस्तार गर्न सक्षम भएको छ । 
 
नेपालको ‘होम ग्रोन ब्राण्ड’ कर्लसले सेट विक्रीका हिसावमा नेपालकै पहिलो बनेको छ भने त्यसले गर्ने कारोवारका हिसावमा दोश्रो नम्वरमा छ । नेपालमा मात्रै होइन कम्पनीले म्यानमार र श्रींलकामा समेत सेट बिक्री गरिरहेको छ । 
 
मोवाइलको बजारमा कलर्स ब्राण्ड स्थापित भएपछि अहिले चौधरी समूहले ‘सिजी’ ब्राण्डमा मोवाइल सेट ल्याउने घोषणा गरेको छ, गोल्छा समूहले ‘आर्क’ ब्राण्ड डेभलप गरिरहेको छ ।
 
नेपालमा तिव्र विस्तार गरिरहेको लक्की समूहमा केही वर्षदेखि विदेशमा पढेर आएको नयाँ पुस्ताको प्रवेश हुन थाल्यो । त्यसैमध्ये एक थिए, रोहित गुप्ता । लक्की समूहले गरिरहेको व्यापार र उद्योगलाई पछ्याउनुभन्दा केही नयाँ गर्ने उनको सोंच थियो ।
 
उनले ‘कलर्स’ ब्राण्डलाई अघि बढाउने निर्णय गरे । उनको मन्त्र थियो, नेपालको बजारमा नेपालीले मन पराउने उत्पादनलाई बेच्ने । आज नेपालभर कलर्सको बजार हिस्सा १७ प्रतिशत पुगिसकेको छ, २० लाख सन्तुष्ट ग्राहक छन् र देशभर कलर्ससँग सबैभन्दा ठूलो वितरण सञ्जाल तयार भएको छ । 
 
‘स्वदेशी ब्रान्ड स्थापित गर्न सकिन्छ भनेर हामीले देखाइदिएका छौ । स्वदेशी ब्रान्ड स्थापित गर्न जुनसुकै देशमा सम्भव छ तर त्यसका लागि भिजन र मार्केट डिमान्ड हुनुपर्छ ।,’ लक्की समूहका कार्यकारी निर्देशक रोहित गुप्ताले बिजमान्डूसँग भने ।, 
 

Tata
GBIME
NLIC

 


अहिले कलर्स नेपालको ‘लिडिङ ब्रान्ड’को रुपमा स्थापित भइसकेको छ,’ उनले भने, ‘हाम्रो सोच र उद्देश्य सस्तोभन्दा भ्यालु फर मनीको रुपमा ‘एक्सपेरियन्स’ सेल गर्नुपर्छ भन्ने हो । र हामी सफल पनि भयौं 

कलर्स अघि लक्की समूहले भारतीय ब्राण्डको मोवाइल बेच्दै आएको थियो । त्यसले तयार गरेको नेटवर्कलाई प्रयोग गर्दा कलर्सलाई आफ्नो ब्राण्ड शहरदेखि गाउँसम्म पुर्याउन सहयोग पुग्यो । 
 

हाम्रो सेल्स नेटवर्क बलियो भएपछि स्वदेशी ब्रान्ड स्थापित गर्ने सोच आएको हो ।’ नेपाली ब्रान्डको मोबाइल बनाएर बिक्री गर्न सजिलो थिएन । विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न धेरै चुनौतीहरु थिए, रोहितले भने ।  
 
अहिले कलर्स नेपालको ‘लिडिङ ब्रान्ड’को रुपमा स्थापित भइसकेको छ,’ उनले भने, ‘हाम्रो सोच र उद्देश्य सस्तोभन्दा भ्यालु फर मनीको रुपमा ‘एक्सपेरियन्स’ सेल गर्नुपर्छ भन्ने हो । र हामी सफल पनि भयौं ।’
 
ब्राण्ड बनाउन अफठ्यारो
कलर्स ब्रान्डमा स्मार्टफोन, बार फोन र ट्याब्लेट बिक्री वितरण भइरहेका छन् । विदेशी ब्रान्डका मोबाइल सार्वजनिक हुनेवितिकै नेपाली संचारमाध्यममा आउँछ । विदेशी संचारमाध्यममा  मोबाइलका विज्ञापन प्रशारण हुन्छन् । विदेशी ब्रान्डको मोबाइललाई बजार प्रवद्र्धनमा फाइदा हुँदा पनि कलर्सलाई कठिन नभएको होइन । 
 
‘हाम्रो संचारमाध्यम पनि विदेशीबाट प्रभावित छ । क्लिन फिड कार्यान्वयनमा नआएकोले कुनै पनि विदेशी संचारमाध्यमबाट विज्ञापन प्रशारण भइरहेका छन्,’ कार्यकारी निर्देशक गुप्ताले भने, ‘ सामसङ वा माइक्रोम्याक्स लन्च हुनेवितिकै तत्कालै नेपालीमा रुपान्तरण गरेर संचारमाध्यममा आउँछ । 
 
हाम्रो जस्तो कम्पनीका लागि स्क्र्याचदेखि काम गरेर अन्तर्राष्ट्रिय स्तरको बनाएर उनीहरुसँगै प्रतिस्पर्धा गर्नुपर्छ । यसरी हेर्दा स्वदेशी ब्रान्ड स्थापित गर्न धेरै कठिन छ ।’ अझ उपभोक्ताको मनोविज्ञानले स्वदेशी ब्रान्डलाई अघि बढाउन सजिलो छैन । नेपालीभन्दा विदेशी ब्रान्डमा विश्वास गर्दा स्वदेशी ब्रान्डलाई बजार विस्तारमा पनि वाधा परिरहेको छ । 
कमजोर होइन ‘नेपाली’
नेपाली उपभोक्तामा अझैपनि स्वदेशी ब्रान्डमा केही न केही खराब छ की भन्ने मनोविज्ञान छ । विदेशीभन्दा केही कमजोर छ की भन्ने फिलिङ्स छ,’ उनले भने, ‘तर हाम्रो ब्रान्ड विदेशीको तुलनामा कमजोर होइन अझै राम्रा छन् ।’ हामीले नेपालीलाई हेरेर मोबाइल बनाएका छौं, उनले भने ।
 
‘हामीले कुनै पनि मोबाइल बनाउँदा नेपालीलाई हेरेर बनाउँछौ । भारतीय वा विदेशी ब्रान्डले आफ्नै नागरिकलाई हेरेर मोबाइल बनाउँछ । भारतमा लन्च गरेको केही समयपछि मात्रै नेपालमा बिक्री गर्छ,’ गुप्ताले भने, ‘हामीले नेपाललाई हेरेर धेरै लगानी गरिरहेका छौ । 
 
हाम्रो देशभर ठूलो बिक्री वितरणको सञ्जाल छ । हाम्रो देशभर ३५ सर्भिस सेन्टर छ । भारतीय वा अरु ब्रान्डभन्दा हाम्रो ठूलो नेटवर्क छ ।’ कलर्सले बजार प्रवद्र्धनका लागि आक्रामक रणनीति लिएको छ  जसलाई उपभोक्ताले मन पनि पराएका छन् । 

बजार प्रवद्र्धनमा लगानी
‘हामीले बजार प्रवद्र्धनको लागि भारतीय भन्दा चार गुणा बढी लगानी गरिरहेका छौ । उनीहरुको जति पनि लगानी छ भारतीय संचारमाध्यममा छ,’ उनले भने, ‘हामीले स्थानीय तहसम्म गएर ब्रान्डको बजार प्रवद्र्धन गरिरहेका छौ । यही बजार रणनीतिका कारण कलर्स ‘सक्सेस’ भएको हो ।’ यो समूहले मूल्य कम गरेर बजार लिने रणनीतिमा छैन । विदेशी ब्रान्डकै हाराहारीमा मूल्य राखेको छ । 
 
‘मूल्यमा हेर्ने हो भने भारतीय मोबाइलभन्दा कलर्स सस्तो छैन । कुनै सेग्मेन्टको मूल्य एउटै छ भने कुनै अझै महँगो पनि छ । हामीले मार्केटिङ र बिक्रीपछिको सेवामा ठूलो लगानी गरिरहेका छौ । यही कारणले हाम्रो ब्रान्डको मूल्य अभिवृद्धि हुन सकेको छ,’ रोहितले भने । 
 
‘हामी गुणस्तरहीन मोबाइल बेच्दैनौ । गुणस्तरहीन मोबाइल बिक्री गर्नेवितिकै विदेशी ब्रान्डसँग कसरी प्रतिस्पर्धा गर्ने ? गुणस्तरहीन सामान बिक्री गर्दा ब्रान्ड नै ध्वस्त हुन्छ ।’ गुणस्तर राम्रो नहुनेवितिकै ब्रान्ड ‘विल्डिङ’मा लगानी गर्न नसकिने उनी बताउँछन् । 
 
‘राम्रो ब्रान्ड बनाएर उपभोक्तालाई एक्सपेरियन्स दिने हो,’ उनले भने, ‘हामीले ‘रिजनेवल प्राइस’मा विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्ने हो ।’ प्राविधिक हिसाबले पनि कलर्स विदेशी ब्रान्ड भन्दा कमजोर नभएको उनी दावी गर्छन् । 
 
‘प्रविधिका हिसाबले अत्याधुनिक प्रविधि हाम्रो मोबाइलमा प्रयोग भएको छ । स्मार्टफोनको कुरा गर्ने हो भने सामसङपछि एन्ड्रोइड स्मार्टफोन हामीले ल्याएका हौ । ठूलो स्क्र्नि कलर्सले सुरु गरेको हो,’ उनले भने, ‘कोर टु प्रोसेशर, अक्टाकोर प्रोसेशर कलर्सनै गरेको हो ।’  
 
रिसर्च एन्ड डेभलपमेन्ट(आरएन्डडी)का आधारमा नेपालमा मोबाइल फोन त्यति सम्भाब्य होइन । तर कलर्सले ‘पावरफूल’ आरएन्डडी टीम बनाएको छ । कम्पनीसँग पाँच वटा प्रोडक्ट टीम छ । सर्भिसमा ६० जनाको टीम छ । यी दुबै टीम मोबाइल बजारमा ल्याउनुअघि गहन अनुसन्धान गर्छ । 
 
‘कुनैपनि मोबाइल लन्च गर्नुअघि तीन महिना परीक्षण गर्छौ । नेपालको फरक ÷फरक स्थानमा गएर नेटवर्क लगायतका परीक्षण गर्न तीन महिना समय लाग्छ,’ कार्यकारी निर्देशक रोहितले भने, ‘हामीले १५ सय रुपैयाँ होस् की तीस हजार रुपैयाँसम्मका मोबाइललाई एकै किसिमको अध्ययन र अनुसन्धान गर्छौ ।’ कम्पनीसँग स्थानीय तह मात्रै होइन विश्वव्यापी रुपमा पनि अध्ययन गर्ने टीम छ । 
 
‘स्वदेशी मात्रै होइन विश्वव्यापी रुपमा जसले सामान आपूर्ति गर्छ उनीहरुको टीम आएर हाम्रो जनशक्तिलाई तालिम दिने गरेको छ,’ उनले भने, ‘यो तालिमले हाम्रो जनशक्ति ‘इम्पावर’ भएर सामानको मूल्य अभिवृद्धि समेत भएको छ ।’ नेपाली ब्रान्डमा स्थापित भएको कम्पनीले बजार हिस्सा बढाउन ‘एग्रेसिभ’ बजार रणनीति लिने भएको छ । 
 
‘आजको दिनमा कलर्स मोबाइल  संख्याको आधारमा नम्बर वान पोजिशनमा छ । मूल्यका आधारमा हामी सामसङपछि दोस्रो स्थानमा छौ । हामी यो वर्ष एग्रेसिभ रुपमा अघि बढ्दैछौ । हाम्रो बजार हिस्सा १७ प्रतिशत छ । यसलाई बढाएर ३० प्रतिशत पुर्याउने लक्ष्य छ,’ गुप्ताले भने, ‘हाम्रो आम्दानी १२ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याउने लक्ष्य छ ।’ 
 
‘सरकारले भन्सारमा दिएको सब्सिडीका कारण भारतमा भन्दा नेपालमा मोबाइल सस्तो छ । यही नीतिका कारण कानुनी रुपमा मोबाइल आयात भएर बिक्री वितरण भइरहेको छ,’ उनले भने, ‘अब सरकारले नेपालमै एसेम्बल्ड गरेर मोबाइल उत्पादन गर्न प्रोत्साहित गर्नुपर्छ । नेपालमै मोबाइल उत्पादन भएमा ६० देखि ७० प्रतिशत मूल्य अभिवृद्धि हुन्छ ।’  

बजार विस्तारको रणनीति
नेपाली ब्रान्डमा अरु मोबाइल आउने खबरले खुशी भएको गुप्ता बताउँछन् । ‘नेपाली ब्रान्ड आउनु हाम्रो लागि पनि खुशीको कुरा हो । हामी प्रतिस्पर्धामा रमाउँछौ,’ उनले भने, ‘कुनै पनि ब्रान्ड स्थापना गर्दा उदेश्य र सोच स्पस्ट हुनुपर्छ । स्थानीय ब्रान्डले राम्रो पकड जमाउन सक्यो भने सबैको लागि राम्रो हुन्छ ।’ 
 
‘कलर्सलाई वाहिर लैजाने छलफल भइरहेको छ । कुनै पनि ब्रान्ड  स्वदेशमा स्थापित भएपछि विदेश लैजानुपर्छ,’ उनले भने । समूहले मोबाइल स्थापित भएपछि अरु सामान पनि यही ब्रान्डमा नेपाली बजारमा ल्याएको छ । 
 
‘कलर्स ब्रान्डमा हामीले विभिन्न होम एप्लाइन्स ल्याइसकेका छौ । टेलिभिजन, रेफ्रिजेरेटर हामीले बजारमा ल्याइसकेका छौ,’ गुप्ताले भने, ‘एसेम्बल्ड गरेर यसअघिनै एलजी, सिजी र सामसङले होम एप्लाइन्स ल्याइसकेका छन् । एयर कन्डिसन लगायतका अन्य सामान यही एसेम्बल्ड गरेर बजारमा ल्याउन सक्छौ ।’