BIZMANDU
www.bizmandu.com

ठुला करदाता बन्न २५ करोडले नपुग्ने भो, संख्या बढ्न थालेपछि सीमा ४० करोड पुर् याइयो

२०६९ असोज २७

काठमाडौं । सरकारले बार्षिक रु। ४० करोड भन्दा बढिको कारोवार गर्ने कम्पनीलाई मात्र ठुला करदताको रुपमा सुचिकृत गर्ने निर्णय गरेको छ । अर्थमन्त्री स्तरिय निर्णलयले बार्षिक २४ करोडको कारोवार गर्ने कम्पनी ठुला करदाता हुने प्रावधान परिवर्तन गरेको हो ।
ठुला करदातामा सुचिकृत कम्पनीहरुले ठुला करदाता कार्यालय मार्फत सरकारलाई कर तिर्न पाउँछन् । हाल ७२२ ठुला करदाता रहेकोमा नयाँ प्रावधान पश्चात यो संख्यामा कमि आउने छ । २०५४ सालमा बार्षिक ५ करोड भन्दा बढीको कारोवार गर्नेलाई सुचिकृत गरि ठुला करदाताको व्यवस्था सुरु भएको थियो ।
करदाताको संख्या बढ्दै जाँदा यो अंक २५ करोड पुर् याइएको थियो । बार्षिक २५ करोडको कारोवार गर्नेको संख्या पनि तिब्र गतिले बढे पछि कारोवारको सिमा बढाइएको जनाइएको छ । ठुला करदातामा समावेश हुन नसकेका कम्पनीहरुको लागि भने सरकारले करदाता सेवा कार्यालय स्थापना गरेको छ । राजधानी र बाहिर यस्ता १३/१३ वटा कार्यालय साचालित छन् ।

Tata
GBIME
Nepal Life