BIZMANDU
www.bizmandu.com

बिबि एयरबेजले उडान थाल्यो, पहिलो गन्तव्य मलेसिया

२०६९ असोज २६

काठमाडौं । गैरआवासिय नेपाली उद्यमी भवन भट्टद्वारा प्रबद्र्धित बिबि एयरवेजले नियमित उडान सुरु गरेको छ । २५ असोज राती काठमाडौंबाट मलेसिया उडान गर्दै कम्पनीले आफ्नो नियमित सेवा थालेको हो ।
उडान थाल्नुअघि राजधानीमा आयोजित भब्य कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराईले बिबि एयरवेजको औपचारिक उद्घाटन गरेका थिए । सो अवसरमा उनले राष्ट्रिय ध्वजा वाहक नेपाल वायु सेवा निगम बिभिन्न समस्याले ग्रस्त रहेका बेला निजी क्षेत्रले प्रबद्र्धनमा नेपालबाट अन्तराष्ट्रिय उडान सुरु हुन गौरवको विषय रहेको बताए ।
बिबि एयरबेजले काठमाडौंबाट मलेसियाको क्लालालम्पुर सँगै हङकङ सिङ्गापुर नयाँदिल्ली टोकियो दोहा र बैंककमा उडान अनुमति पाएको छ । तत्काल क्वालालम्पुरका लागि आईतबार सोमबार बिहिबार र शनिबार गरि चार तथा हङकङ आईतबार सोमबार र शुक्रबार उडान गर्ने कम्पनीले जनाएको छ । जापानको टोकियो भने चार्टर्ड उडान सुरु गर्ने जनाइएको छ ।
हाल बोइङ ७५७-२०० बाट उडान सुरु गरेको कम्पनीले छिट्टै अर्को बि ७५७ थप गरि सिङ्गापुर बैंकक नयाँदिल्ली र दोहामा उडान विस्तार गर्ने कम्पनीका अध्यक्ष भट्टले जानकारी दिए । त्यस पश्चात थप दुई बोइङ ७६७ थपेर अष्ट्रेलिया र युरोप सम्म सेवा विस्तार गर्ने जनाइएको छ । 'हामी राष्ट्रिय ध्वजा वाहकको अभाव पुर्ती गर्न चाहन्छौं,' कम्पनीको उद्घाटन समारोहमा अध्यक्ष भट्टले भने ।

Tata
GBIME
Nepal Life