BIZMANDU
www.bizmandu.com

खुल्यो हिन्दी फिल्ममा लागेको ताला, मल्टिप्लेक्समा बर्फी, ओ माई गड र कमाल धमाल मालामाल

२०६९ असोज २५

खुल्यो हिन्दी फिल्ममा लागेको ताला, मल्टिप्लेक्समा बर्फी, ओ माई गड र कमाल धमाल मालामाल
खुल्यो हिन्दी फिल्ममा लागेको ताला, मल्टिप्लेक्समा बर्फी, ओ माई गड र कमाल धमाल मालामाल

काठमाडौं । मुलुकभर दशदिन पछि हलमा हिन्दी फिल्म चल्ने भएका छन् । नेकपा–माओवादीले राष्ट्रिय स्वाधिनताको आन्दोलन घोषणा गर्दै गत असोज १५ गते हिन्दी फिल्म प्रर्दशनमा रोक लगाएको थियो । हिन्दी फिल्म चल्न रोक लगाएपछि राजधानीका धेरै हल बन्द भएका थिए । माओवादीले स्वदेशी चलचित्रको प्रवद्र्धन गर्न भन्दै दस दिन हिन्दी फिल्मलाई रोक लगाएको हो ।
हिन्दी फिल्म रोक लगाएपछि क्युएफएक्स व्यवस्थापनबाट सञ्चालित तीन वटा हल बन्द भएका थिए । हिन्दी चलचित्र चल्न पाउने निर्णयसँगै सिभिल मल, जयनेपाल र कुमारी हल सञ्चालनमा आएका छन् भने सिटी सेन्टरको बिगसिनेमा र गोपीकृष्ण हल पनि सञ्चालनमा आएका छन् । बिग सिनेमाको तीन वटा हल मध्ये एउटा हलमा नेपाली फिल्म प्रर्दशनमा ल्याएको थियो भने अरु दुई हल बन्द थिए भने गोपिकृष्ण हलको पाँच वटा हल बन्द भएका थिए ।

Tata
GBIME
Nepal Life