BIZMANDU
www.bizmandu.com

विमानस्थल कर मुक्त क्षेत्रमा करको छापा, १३१ पेटी चुरोट र वियर बरामद

२०६९ असार २४

काठमाडौं । कर कार्यालयको अनुमति विना त्रिभूवन विमानस्थलको करमुक्त क्षेत्रमा सञ्चालित दुई पसललाई आन्तरिक राजस्व विभागले आज छापा मारेको छ । आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १ ले आइतवार करमुक्त क्षेत्रमा सञ्चालित नेपाल एन्टीक्विक्सबाट १३१ पेटी चुरोट र पाँच कार्टुन वियर नियन्त्रणमा लिएको छ । त्यसैगरी कार्यालयले ग्लास मार्च कम्पनीको सम्पूर्ण खातापात पनि सिल गरेको छ । ती कम्पनीले कर कार्यालयबाट प्यान नम्वर लिएर कारोवार नगरेको पाइए पछि विभागले छापा मारेको हो ।

Tata
GBIME
Nepal Life