BIZMANDU
www.bizmandu.com

पोखरामा चार अर्ब १० करोड राजश्व संकलन, अन्तशुल्क एक अर्ब ५८ करोड र आयकर डेढ अर्ब उठ्यो

२०७२ साउन ११

पोखरामा चार अर्ब १० करोड राजश्व संकलन, अन्तशुल्क एक अर्ब ५८ करोड र आयकर डेढ अर्ब उठ्यो
पोखरामा चार अर्ब १० करोड राजश्व संकलन, अन्तशुल्क एक अर्ब ५८ करोड र आयकर डेढ अर्ब उठ्यो

पोखरा । गत वर्ष आन्तरिक राजश्व कार्यालय पोखराले चार अर्ब १० करोड राजश्व संकलन गरेको छ । धेरै राजस्व तिर्ने कम्पनीका फाइल धमाधम ठूला करदाता कार्यालयमा गएपनि लक्षभन्दा बढी राजस्व संकलन भएको छ । 
 
गत आर्थिक वर्षमा मात्रै यो क्षेत्रबाट झण्डै एक दर्जन फाइल ठूला करदाता कार्यालयमा गए । वैशाख १२ मा गएको भूकम्प गएका कारण पर्यटन क्षेत्रमा पनि निकै ठूलो असर प¥यो । यी कारण राजस्व संकलन लक्षअनुसार हुन सक्दैन भन्ने अनुमान थियो । तर लक्ष भन्दा करिब सात प्रतिसत बढी राजस्व उठेको प्रमुख कर अधिकृत जगदीश्वर उपाध्यायले बताए । 
 
 
पर्यटन क्षेत्रबाट उठ्ने मूल्य अभिवृद्धि र आय कर ह्वात्तै घटे पनि आर्थिक वर्ष २०७१÷७२ मा लक्ष्यभन्दा बढी नै राजश्व संकलन भएको जानकारी उनले बताए । 
 
गत वर्षका लागि तीन अर्ब ८२ करोडको लक्ष्य रहेकोमा चार अर्ब १० करोड राजश्व संकलन भएको छ । अघिल्लो वर्ष दुई अर्ब ३० करोड राजस्व उठेको थियो । 
 
सबैभन्दा बढी आयकरतर्फ एक अर्ब ५२ करोड संकलन भएको छ । आयकरको लक्ष्य एक अर्ब ३८ करोड रुपैयाँको थियो । मूल्य अभिवृद्धि कर(भ्याट) मा भने लक्ष्य बराबर अर्थात ६७ करोड रुपैयाँ उठेको छ । भूकम्पले पर्यटनमा पारेको मारको असर भ्याटमा परेको कार्यालयले जनाएको छ । पर्यटनबाट आउने अनुमान गरिएको ६ करोड भ्याट भूकम्पका कारण घटेको छ । 
 
गत आवमा पोखराको अन्तशुल्क उठ्ती निकै उत्साहजनक रह्यो । सूर्य नेपालले तनहुँको खैरेनीटारमा सिगरेट उत्पादन थालेका कारण एक वर्षमा एक अर्ब ५८ करोड अन्तशुल्क संकलन भएको छ । अन्तशुल्कमा आन्तरिक राजश्व विभागले एक अर्ब ३६ करोडको लक्ष्य तोकिदिएको थियो । 
 
पोखरामा मुख्य कार्यालय रहेका सबैजसो बैंक तथा फाइनान्स ठूला करदातामा पर्ने भएकाले ब्याजकर सोचे अनुसार संकलन हुन सकेन । गत वर्ष १५ करोड सात लाख रुपैयाँ ब्याजकर संकलन भएको छ । यो अघिल्लो वर्षको भन्दा २४ प्रतिशत बढी हो । 
 
मुलुकका अन्य सहरजस्तै पोखरामा बहालकर भने निराशाजनक नै छ । १८ करोडको लक्ष्य रहेकोमा ११ करोड मात्र असुली भएको छ । कार्यालयमा जनशक्ति सिमित भएकाले नियमित अनुगमन गर्न नसकिने नमूनाका रुपमा अनुगमन र निरीक्षण गर्दा विगतमा भन्दा केही बढेको प्रमुख कर अधिकृत उपाध्यायले बताए । 
 
गत वर्षमा कार्यालयले सघन अनुगमनलाई प्राथमिकतामा राखेको थियो भने फूल अटिडमा समेत धेरै फाइल तानेको थियो । सघन अनुगमनले लक्ष्य पुरा गर्न सहयोग पु¥याएको बताइरहँदा कतिपय फाइलहरु कार्यालयकै कर्मचारीको सहयोगमा मिलाउने काम भएको असन्तुष्ट कर्मचारीहरुले बताएका छन् । 
 
गएको वर्षमा मदिराको अवैध कारोवार गर्ने २५÷२६ वटा फर्ममाथि कारावाही गरिएको छ । उपाध्यायले भने, सबैतिर अनुगमन गर्न सम्भव छैन, नमुना छानेर गर्ने हो, त्यसले पनि राम्रै प्रभाव पारेको छ ।  
 
यसैगरी गण्डकी र धवालगिरीका १० जिल्लामा गत आर्थिक वर्षमा १४ हजार छ सय करदाता थपिएका छन् । योसंगै आन्तरिक राजश्व कार्यालय पोखरा अन्तर्गत ८५ हजार करदाता पुगेको प्रमुख कर अधिकृत उपाध्यायाले जानकारी दिए । 
 

Tata
GBIME
Nepal Life