BIZMANDU
www.bizmandu.com

जापानबाट रेमिट्यान्स ल्याउन अर्को कम्पनी, आठ सय येनमा १० लाख येन पठाउन सकिने

२०६९ असोज २५

काठमाडौं । इजी लिंकले जापानबाट सस्तो शुल्कमा रेमिट्यान्स भित्राउने भएको छ । कम्पनीले १ लाख येनका १ सय शुल्क लाग्ने गरी रेमिट्यान्स भित्राउने जनाएको छ । १० लाख येनसम्मको  ८ सय येन शुल्क लाग्ने छ । कम्पनीले जापानबाट रेमिट्यान्स भित्राउन त्यहाँको ट्रान्स रेमिट्यान्स कम्पनीसँग सम्झौता गरेर कारोबार थालेको कम्पनीका प्रबन्ध निर्देशक तेज अर्यालले जानकारी दिए । इजी लिंकले मनी ग्राममार्फत विश्वका १ सय ९८ मुलुकमा रेमिट्यान्सको कारोबार गर्दै आएको छ ।

Tata
GBIME
Nepal Life