BIZMANDU
www.bizmandu.com

बित्तिय क्षेत्रकै सबलिकरणको लागि पुँजी बढाएका हौँ: गभर्नर

२०७२ साउन ७

बित्तिय क्षेत्रकै सबलिकरणको लागि पुँजी बढाएका हौँ: गभर्नर
बित्तिय क्षेत्रकै सबलिकरणको लागि पुँजी बढाएका हौँ: गभर्नर


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपाल तथा वित्तिय संस्थाहरु हित प्रबर्धनको लागि मौद्रिक नीतिमा पुँजी बृद्धिको प्रावधान राखिएको बताएका छन् । नेपालका बाणिज्य बैंकहरुको पुँजी आकार सार्क क्षेत्रमै कम भएको भन्दै पछिल्लो व्‍यवस्‍था प्रति बैंकरहरुले खुसि हुनु पर्ने उनले बताए ।

Tata
GBIME
NLIC

मौद्रक नीति सार्वजनिक गरे पश्चात अन्तरकृयामा जवाफ दिँदै आफ्नो निर्णयको बचाउ गरेका हुन् । छलफलमा अधिकांश बैंकर एवं निजी क्षेत्रका प्रतिनिधीले पुँजी बृद्धिको निर्णय एकलौटी रुपले आएको र कार्यान्वयन गर्न कठिन रहेको गुनासो गरे । गभर्नरले उनीहरुलाई दिएको जवाफको सार:
 
नेपाली बैंकहरु समस्याग्रस्त नहुने अवस्था आओस् भनेर पुँजी बृद्धिको निर्णय गरिएको हो । सार्क क्षेत्रमै नेपाली बैंकहरुको पुँजी सबै भन्दा कम छ । हाम्रो भन्दा सानो अर्थतन्त्र भएको भुटानमा समेत बाणिज्य बैंकको चुक्ता पुँजी भने नेपालको बिद्यमान भन्दा साढे दुई गुणाले बढि छ । त्यसैले हाम्रो वित्तिय क्षेत्रको क्षमता बढाउन यो निर्णय लिइएको हो ।

सानो पुँजीले ठूलो लगानी गर्न सम्भव हुँदैन । अहिले सम्म नेपालका बैंकले १/२ अर्ब रुपैयाँका परियोजना समेत एक्लै गर्न सक्ने अवस्था छैन । अलि ठुलो परियोजना हुने बित्तिकै ५/७ बैंक मिलेर कन्सोडियममा जाने अवस्था छ । यसरी बृहत लगानी बिस्तार गर्न सकिन्न । हरेक बैंक आफैँ सबल बन्नै पर्छ ।

पुँजीको आकार ठूलो भयो भने बैंकले ठूला परियोजनामा कर्जा लगानीको हिम्मत गर्न सक्छन् । त्यसले लगानीकर्तालाई पनि अभिप्रेरित गर्छ । जिल्ला जिल्लामा माइक्रो फाइनान्सको उपस्थिती भइ सकेको छ । अब स सानो कर्जा त तिनले पनि प्रवाह गर्न सक्छन् । अर्थतन्त्रमा अत्यावश्यक ठुलो परिमाणको लगानीका स्रोत जुटाउने जिम्मा बाणिज्य बैंकहरुकै हो । त्यसैले पुँजी बृद्धिको निर्णय गरिएको हो र यो वित्तिय क्षेत्रकै हितमा छ ।

पुँजी बृद्धिले बैंकहरुको कर्जा लगानी क्षमता त बढाउने नै भयो निक्षेपकर्ताको हित प्रबर्धन र बैंकहरुको आपसी प्रतिश्पर्धि क्षमता अभिबृद्धिका लागि पनि यो अत्यावश्यक छ । यसले नेपाली बाणिज्य बैंकहरुलाई विदेशमा शाखा खोल्न पनि सक्षम बनाउँछ । साथै बिदेशी बैंकले नेपालमा शाखा खोले उनीहरुसँग प्रतिश्पर्धा गर्न पनि सजिलो हुन्छ ।

त्यसैले नेपाली बैंकलाई क्षमतावान् बनाउने गरि मौद्रिक नीतिमा यो व्यवस्था गरिएको हो । हाम्रो मुख्य ध्येय भनेको सबल, सजग र सन्तुलित वित्तिय क्षेत्र हो ।

बजारमा पैसाको कमि छैन । पुनर्निर्माणका लागी पनि ठूलो रकम बजारमा जाँदैछ । त्यो पैसा पनि अन्त्यमा वित्तिय प्रणालीमै समाहित हुनेहो । त्यसैले बैंक तथा वित्तिय संस्था थप सबल हुनु पर्छ ।

दुई अर्ब पुँजीमा चलेकै थियौँ भन्ने खालको मानसिकताबाट माथि उठेर बृहत लगानीको क्षेत्रबारे बैंकहरुले सोच्न सक्नु पर्छ । बैंकहरुले पुँजी परिचालन गरुन् र त्यसले राष्ट्र निर्माणमा योगदान पुगोस् भन्नेमा प्रतिबद्ध छौँ । त्यसकै लागि सिआरआर यथावत राखेका हौँ । बैंक दर घटाउनुको कारण पनि सहज लगानी बिस्तार होस् भनेर नै हो ।