BIZMANDU
www.bizmandu.com

मौद्रिक नीति सार्वजनिक भएको दिन नेप्सेमा उछाल, ४० अंकले बढेर एक हजार नाघ्यो सूचक

२०७२ साउन ७

मौद्रिक नीति सार्वजनिक भएको दिन नेप्सेमा उछाल, ४० अंकले बढेर एक हजार नाघ्यो सूचक
मौद्रिक नीति सार्वजनिक भएको दिन नेप्सेमा उछाल, ४० अंकले बढेर एक हजार नाघ्यो सूचक


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने घोषणा गरेको दिन सेयर बजार परिसूचकमा पनि उछाल देखिएको छ । विहीबार नेप्से परिसूचकमा ४० अंकको वृद्धि भएको छ । विहीबार नेप्से ४०.३ अंकले बढेर एकहजार तीन दशमलव ३८ विन्दुमा बन्द भएको छ ।

Tata
GBIME
NLIC

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले २०७४ को असार मसान्तसम्ममा वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने घोषणा गरेको छ । यस्तै राष्ट्रिय स्‍तरको विकास बैंकले पनि यो अवधिमा दुई अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

विहीबार सबै समूहको सूचक बढेको छ । सबैभन्दा धेरै इन्स्योरेन्स समूहको सूचक बढेको छ । यो समूहमा ७१.१२ अंकको वृद्धि देखिएको छ । यस्तै बैंकिङ समूहको सूचक ५७.२८ अंकले बढेको छ भने विकास बैंक समूहको सूचक २५.८९ अंकले बढेको छ । नेप्सेमा होटल समूहको सूचक १२ अंकले, जलविद्युत, उत्पादन र वित्त कम्पनीको सूचक ६ अंकले, तथा अन्य समूहको सूचक ५.८७ अंकले बढेको छ ।

विहीबार नेप्सेमा कूल एकसय ५२ कम्पनीको ५४ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेमा एभरेष्ट बैंकको सेयर सबैभन्दा धेरै चार करोड १७ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । यस्तै नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र कुमारी बैंक धेरै कारोबार हुने कम्पनीको सूचीमा अगाडि रहे ।

विहीबार एस डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । धेरै कमाउनेको सूचीमा टुरिजम डेभलपमेन्ट बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, मेट्रो डेभलपमेन्ट बैंक तथा स्टाण्डर्ड चार्टर्ड बैंकका कर्मचारी अगाडि रहे ।

धेरै गुमाउने कम्पनीको सूचीमा माउण्ट मकालु विकास बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक तथा प्रिमियर इन्स्योरेन्सका लागनीकर्ता अगाडि रहे ।

कारोबारको सुरुदेखिनै बढ्न थालेको नेप्से दुबजेर १० मिनेट गएपछि तीव्र रुपमा बढ्न थालेको थियो । त्यसअघिसम्म नेप्सेमा करिब ६ अंकले मात्रै बढेको थियो । 

विहीबार पाँच कम्पनीको सेयर मू्ल्य एकसय प्रतिशत भन्दा धेरैले बढेको छ । डिप्रोक्स विकास बैंकको सेयर एकसय ३३ प्रतिशतले बढेको छ। यस्तै कालिका माइक्रोफाइनान्सको एकसय दुई प्रतिशतले, नाघबेली लघुवित्तको एकसय २१ प्रतिशतले, निर्धन उत्थानको एकसय १४ प्रतिशतले र साना किसान विकास बैंकको सेयर एकसय १० प्रतिशतले बढेको छ ।