काठमाडौं । ओम फाईनान्स लिमिटेडले गत आर्थिक बर्षमा सञ्चालन नाफा २० करोड १६ लाख रुपैयाँ गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले चार अर्ब ८० करोड निक्षेप र तीन अर्ब ९४ करोड कर्जा लगानी गरेर १२ करोड ८३ लाख खुद नाफा गरेको जानकारी दिए ।
कम्पनीको निष्कृय कर्जा ०.७१ प्रतिशत छ । पुँजी कोष अनुपात १४.१३ प्रतिशत रहेको कम्पनीको प्रति सेयर आम्दानी ३२.९ रुपैयाँ छ ।
यसैगरी गण्डकी विकास बैंक लिमिटेडले १७ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ । बैंकले चार अर्व ५५ करोड निक्षेप संकलन गरी तीन अर्व ८६ करोड कर्जा लगानी गरेको छ ।
३५ करोड २० लाख चुक्ता पुँजी रहेको बैकले साउन १६ गते विशेष साधारण सभा डाकेको छ ।