BIZMANDU
www.bizmandu.com

दसैका लागि टिकट खोज्नेको भीड, दैनिक दुई हजार गाडी थपिने, यात्रुलाई अझै कठिन

२०६९ असोज २४

दसैका लागि टिकट खोज्नेको भीड, दैनिक दुई हजार गाडी थपिने, यात्रुलाई अझै कठिन
दसैका लागि टिकट खोज्नेको भीड, दैनिक दुई हजार गाडी थपिने, यात्रुलाई अझै कठिन

बसन्त खड्का/बिजमान्डू
दसैमा घर फर्किनेको लर्को लाग्छ । तर घरसम्म जाने सवारी साधनको अभाव । अभावमा सास्ती भोग्ने धेरै छन् । अझ सवारी साधनको टिकट नपाएर हैरानी बेहोर्ने पनि धेरै छन् । तर यातायात व्यवसायीले दसैलाई लक्षित गरेर अत्याधुनिक सुविधासहितको बस थपिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार दसैका लागि झन्डै दुई सय नयाँ बस आउँदैन् भने पुराना गाडी मर्मत समेत तीब्र रुपमा भइरहेको छ । महासंघका अनुसार अहिलेनै बस वाहिरी जिल्लामा जाने क्रम बढेको छ । महासंघका कोषाध्यक्ष सरोज सिटौलाले अहिले दैनिक एक हजारको हाराहारीमा बस गइरहेको जानकारी दिए ।
‘अहिले एक हजारको हाराहारीमा राजधानीबाट विभिन्न जिल्लामा बस गइरहेका छन्,’ उनले भने, ‘असोज २५ गतेपछि यो बढेर २५ सय पुग्नेछ ।’ उनका अनुसार घटस्थापनापछि दैनिक ३५ सयको हाराहारीमा राजधानीबाट बस वाहिरी जिल्लामा जानेछ । ‘विभिन्न कम्पनीले नयाँ गाडी थपिरहेका छन् । कतिपय मर्मत भइरहेका छन्,’ सिटौलाले भने, ‘त्यसैले यात्रुलाई धेरै समस्या हुँदैन ।’ दसैका लागि नयाँ बसपार्क, पुरानो बसपार्क, कंलकी लगायतका क्षेत्रमा अग्रिम बुकिङ खुल्ला भएर टिकट बिक्री भइरहेको छ । कतिपय कम्पनीको बुकिङ पूरा भइसकेको छ ।
दसैको लागि  पुरानो  बसपार्कहँुदै विभिन्न स्थानमा जाने ५५ लाख रुपैया भन्दा बढी मुल्यका टिकट बुकिङ भएका छन । दसैको  समयमा उपत्काबाट बाहिरिने यात्रुृको चाप अत्यधिक हुने भएकाले यात्रुहरुको सुविधाको लागि भन्दै  यातायात कम्पनीले करिव बीस दिनअघि बसका टिकटको अग्रिम बुकिङ खुल्ला गरेका   थिए । बुकिङ खुलेसगै उपत्यकाबाट बाहिरिने बसका काउन्टरहरुमा यात्रुहरुको भिड लागेको छ ।  असोज १ गतेदेखि बुकिङ खुुल्ला गरेको अरनिको यातायात अन्तर्गत पुरानो बसपार्कमा रहेको सुपर टिकट काउन्टरबाट दैनिक तीन लाख रुपैयाँ बराबरको टिकट बुकिङ भइरहेको काउन्टरका कर्मचारी विरेन्द्रराज गिरीले बताए । घटस्थापनाको दिनदेखि कात्तिक पाँच गते फुलपातीको दिन सम्मको लागि  दैनिक पचासको हाराहारीमा बसहरु  बुकिङ भइसकेको  उनले बताए  । दसैको चाप अहिलेनै सुरु भइसकेको बताउँदै उनले अहिले दैनिक तीस देखि ३५ वटा सम्म बसहरु सञ्चालनमा रहेको उनले जानकारी दिए । यात्रुहरुको सुविधा र आवस्यकताअनुसार बसको संख्या बढाइने उनले बताए ।  पुरानो बसपार्कबाट दोलखा,शिवालय, सालु–देउराली,रामेछाप ,जिरी,मन्थली ,साँघुटार लगायतका स्थानमा दैनिक बस सेवा सञ्चालन हुन्छ ।

Tata
GBIME
Nepal Life