BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंक र प्रभुमनी ट्रान्सफरवीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता

२०६९ असोज २४

सिद्धार्थ बैंक र प्रभुमनी ट्रान्सफरवीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता
सिद्धार्थ बैंक र प्रभुमनी ट्रान्सफरवीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता

काठमाडौं । सिद्धार्थ बैक र प्रभुमनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानीको सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच बैकका चिफ अपरेसन अफिसर सुन्दरप्रसाद कँडेल र प्रभु मनी ट्रान्सफरका नायब महाप्रवन्धक रामेश्वर सापकोटाले सम्झौंतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि प्रभुले मलेसिया, अमेरिका, भारत, तथा विभिन्न खाडी मुलुक लगायत विश्वका कुनै पनि देशबाट भित्रिएको रेमिट्यान्स बैकका देशभर रहेका ४१ वटा शाखाबाट भुक्तानी लिन सकिनेछ । प्रभु मनी ट्रान्सफरले पछिल्लो समय नेपालका विभिन्न स्थापित वाणिज्य बैंकसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरी आफ्ना सञ्जाल विस्तार गरिरहेको छ । हाल प्रभुबाट पठाएको पैसा मुलुकभरका करिब २ हजार ४ सय भुक्तानी केन्द्रबाट प्राप्त गर्न सकिन्छ ।

Tata
GBIME
Nepal Life