BIZMANDU
www.bizmandu.com

राष्ट्र संघको लगानी प्रतिवेदन सार्वजनिक, लगानी आर्कषित गर्ने सूचीमा नेपाल पछाडी

२०६९ असार २४

राष्ट्र संघको लगानी प्रतिवेदन सार्वजनिक, लगानी आर्कषित गर्ने सूचीमा नेपाल पछाडी
राष्ट्र संघको लगानी प्रतिवेदन सार्वजनिक, लगानी आर्कषित गर्ने सूचीमा नेपाल पछाडी

काठमाडौं । सन् २०१२ लाई नेपालले लगानी वर्षका रुपमा मनाइरहँदा संयुक्त राष्ट्र संघको एउटा प्रतिवेदनले नेपाल लगानी आर्कषित गर्ने सूचीको पुच्छारमा भएको जानकारी विश्वलाई दिएको छ । संयुक्त राष्ट्र संघको व्यापार र विकाससम्वन्धी संस्था (अनटाड)ले सन् २०११ मा आएको लगानीका आधारमा दुई दिन अघि  जारी गरेको विश्व लगानी प्रतिवेदन २०१२ मा नेपाल अफगानिस्तान र भुटानसँगै छ ।
प्रतिवेदन अनुसार नेपालमा गतवर्ष ९ करोड ५० लाख विदेशी लगानी भित्रियो । दक्षिण एशियामा सबैभन्दा बढी भारतमा २४ अर्ब डलर लगानी भित्रियो । पाकिस्तानमा एक अर्ब ३२ करोड, बंगलादेशमा एक अर्ब १३ करोड, श्रीलंकामा३० करोड, माल्दिभ्समा २८ करोड लगानी भित्रियो भने भुटानमा सबैभन्दा कम जम्मा एक करोड ४० लाख डलर लगानी भित्रियो ।

लगानी आर्कषित गर्नका लागि यो बीचमा सबैभन्दा महत्वपूर्ण काम नेपालले भारतसँग विप्पा सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदा नेपाल–भारतवीच विप्पा सम्झौता भएको थियो । त्यसको विरोधमा माओवादी दुई टुक्रा भएको छ भने वैद्यले अझै पनि त्यसलाई राष्ट्रिय स्वाभिमानको मुद्धा बनाउँदै आएको छ ।
नेपालले कानूनी रुपमा लगानी विदेश लैजान प्रतिवन्ध लगाएका कारण नेपालबाट सन् २०११ मा लगानी बाहिर गएन तर यो अवधिमा दक्षिण एशियाबाट सबैभन्दा बढी लगानी भारतबाट गयो । भारतले गएको वर्ष १४ अर्ब डलरको लगानी बाहिरियो ।
नेपालले सन् १९९० मा खुला अर्थतन्त्र अवलम्वन गर्नुभन्दा यता लगानी तीन सय गुणाले बढेको छ । त्यतिवेला जम्मा एक करोड २० लाख डलर नेपालमा लगानी भएकोमा अहिलेसम्म तीन अर्ब ४८ करोड डलर लगानी आइपुगेको छ । सन् २००० मा यो लगानी जम्मा सात करोड २० लाख डलर मात्र थियो ।
प्रतिवेदन अनुसार नेपालले अहिलेसम्म ६ देशसँग द्विदेशीय लगानी सम्झौता र तीन देशसँग अन्तराष्ट्रिय लगानी सम्झौता गरेको छ ।

Tata
GBIME
Zonsen