काठमाडौं । इन्टरनेसनल डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि जारी गरेको सबै सेयर विक्री भएको छ । बैंकले १९ करोड २० लाख रुपैयाँ बराबरको सेयर जारि गरेकोमा २२ करोड रुपैयाँ बराबरको आवेदन परेको प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले जानकारी दिए । बैंकले तिहारपछि सेयर वाँडफाँड गर्ने छ । सेयर वाँडफाँडपछि बैंकको चुक्ता पुँजी ६४ करोड रुपैयाँ पुग्ने छ । बैंकको १९ लाख २० हजार कित्ता सेयरका लागि ५ हजारले आवेदन हालेका छन् ।
बैंकको साता कार्यदिनमा सबै सेयर विक्री भएको हो । सवै सेयर विक्री भएपछि बैंकले सोमबार साँझबाट विक्री समय बन्द गरेको छ । बैंकका १४ शाखा कार्यालयसहित ४४ वटा विक्री केन्द्रबाट सेयर विक्री गरिएको हो ।
बैंकको निस्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र एनसिएम मर्चेन्ट बैंकिङ हुन् । खड्काले लगानीकर्तालाई यो वर्ष १० देखि १२ प्रतिशतसम्म प्रतिफल दिन सकिने बताए । बैंक लगानीकर्तालाई कम्तिमा पनि १० प्रतिशत प्रतिफल दिन सकिने अवस्थामा छ, उनले भने ।