BIZMANDU
www.bizmandu.com

भोक्सवागनको विराटनगरमा नयाँ शोरुम, न्यु पोलो र भिन्तो गाडी प्राथमिकतामा

२०६९ असोज २२

भोक्सवागनको विराटनगरमा नयाँ शोरुम, न्यु पोलो र भिन्तो गाडी प्राथमिकतामा
भोक्सवागनको विराटनगरमा नयाँ शोरुम, न्यु पोलो र भिन्तो गाडी प्राथमिकतामा



काठमाडौं । विश्वप्रसिद्ध गाडी निर्माता भोक्स्वागनको, नेपालको लागी  आधिकारीक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले विराटनगरमा आफ्नो शोरुम र सर्भिस सेन्टरको सुरुवात गरेको छ । मुनालपथ, विरानगरमा अवस्थित भोक्स्वागनको शोरुम विशाल ग्रुपका अध्यक्ष जगदिशप्रसाद अग्रवालले गरे ।
जर्मनीको उल्फ्सवगमा आफ्नो मुख्य कार्यालय रहेको युरोपको सबैभन्दा ठूलो गाडी उत्पादक भोक्स्वागनको अर्थ ‘पिपुल्स कार’ हो । युरोपको बजार हिस्सा २० प्रतिशत ओगटेको भोक्स्वागन त्यहाँको सबैभन्दा ठूलो कार उत्पादक हो । भक्सवागनले चीन, ब्राजिल र दक्षिण अफ्रिकामा पनि आफ्नो बजार बिस्तार गरिरहेको छ ।
नयाँ नयाँ प्रविधिका साथ आइरहेका भक्सवागनले अत्याधुनिक प्रविधिमा गुणस्तरीय गाडी निर्माण गरी अगाडी बढ््न प्रेरणा प्रदान गरेको अग्रवालले बताए ।
नेपालमा रहेको यो शोरुम भोक्स्वागनको कर्पोरेट पहिचानलाई ध्यानमा राखी निर्माण गरिएको हो । साथै विराटनगरमा हुने सर्भिस सेन्टरले ग्राहकको आवश्यकता अनुसारको सेवा तथा सुविधा उपलब्ध गराउने जानकारी कम्पनीले दिएको छ ।
पूजा इन्टरनेशनल नेपालले अढाई वर्षदेखी विभिन्न दस वटा मोडलका छ सय गाडीको विक्री गरीसकेको छ । हाल कम्पनीले विराटनगरमा न्यू पोलो तथा भेन्तो लाई प्राथमिकता दिने जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ ।

Tata
GBIME
NLIC