BIZMANDU
www.bizmandu.com

पार्टी टुक्रिएपछि वैद्य प्रचण्ड निवासमा, सम्पत्तिको बाँडफाँड गर्न आग्रह

२०६९ असार २४

पार्टी टुक्रिएपछि वैद्य प्रचण्ड निवासमा, सम्पत्तिको बाँडफाँड गर्न आग्रह
पार्टी टुक्रिएपछि वैद्य प्रचण्ड निवासमा, सम्पत्तिको बाँडफाँड गर्न आग्रह


काठमाडौं । टुक्रिएपछि पार्टी कार्यालय लगायतका विवाद समाधान गर्न एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यवीच आइतवार भेट भएको छ । पार्टी विभाजनपछि फरक पार्टीको अध्यक्षको पहिचानसहित वैद्य पहिलो पटक प्रचण्ड निवास लाजिम्पाट पुगेका हुन् ।
अध्यक्ष वैद्य सचिव देव गुरुङलाई लिएर लाजिम्पाट पुगेका थिए भने पार्टीलाई एकीकृत गर्न पहल गरिरहेका कृष्णबहादुर महराका साथ प्रचण्ड बसेका थिए । चार जनावीच पार्टी विभाजनपछिको अवस्था, केन्द्रिय कार्यालय लगायत विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयको विभाजन तथा प्रयोगका विषयमा छलफल भएको नेकपा –माओवादीका सचिव गुरुङले जानकारी दिनुभयो ।
दुइ दलवीच यो साता ल्याउनुपर्ने बजेट, भारतीय कम्पनीलाई व्यवस्थापन जिम्मा लगाउन लागिएको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल लगायतका विषयमा छलफल भएको थियो । भेटमा दुई दलवीचका विवाद सहमतिमा टुङ्गयाउने गरी छलफल भएको सचिव गुरुङले जानकारी दिनुभयो ।

Tata
GBIME