BIZMANDU
www.bizmandu.com

सञ्चय कोषले समेत व्याज घटायो, सञ्चयकर्तालाई साढे सात प्रतिशत, सापटीमा नौ प्रतिशत

२०६९ असोज २०

काठमाडौं । निक्षेप बढेपछि वाणिज्य बैकहरुले कर्जाको ब्याजदर घटाइरहेका बेला कर्मचारी सञ्चय कोषलले समेत सञ्चयकर्तालाई दिने र सापटी रकममा ब्याजदर घटाएको छ । कोषले साउनदेखि लागु हुने गरी सञ्चय कोषमा दिने ब्याजदर साढे सात प्रतिशत र सञ्चयकर्ताको विशेष सापटीमा नौ प्रतिशत कायम गरेको छ । कोषले वाणिज्य बैकहरुमा निक्षेपको वर्तमान ब्याजदर, कोषको कुल स्रोत र त्यसको परिचालनको स्थिती, कोषको लगानी संरचनाको आधारमा यो ब्याजदर लागु गरिएको जनाएको छ ।

Tata
GBIME
Nepal Life