BIZMANDU
www.bizmandu.com

चालिस दिनमा माग अनुसार जस्तापाता उत्पादन गर्ने उत्पादकको दावी, भूकम्पअघिकै मूल्य तय

२०७२ जेठ १५

काठमाडौं । स्वदेशी जस्तापाता उत्पादकले चालिस दिनभित्र अस्थायी आवासका लागि आवश्यक पर्ने जस्तापाता उत्पादन गर्ने प्रतिवद्धता गरेका छन् । हुलास स्टील इन्डस्ट्रिज, आरती स्ट्रीप्स, राजेश मेटल क्राफ्टस् र भगवती स्टिलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

Tata
GBIME
Nepal Life


स्वदेशी जस्तापाता उत्पादकले माग अनुसार उत्पादन गर्न नसक्ने भन्दै विदेशबाट आयात गर्दा लाग्ने भन्सार शुल्क हटाउने तयारी गरिरहेको बेलामा उद्योगीको यो प्रतिवद्धता आएको हो ।सरकारले भूकम्पबाट घर ध्वस्त भएकालाई १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । अस्थायी आवासका लागि दुई वन्डल जस्तापाता आवश्यक पर्ने भन्दै सरकारले यो रकम दिने निर्णय गरेको हो ।

अर्थमन्त्रालयले जस्तापाता किन्नको लागि आवश्यक रकम निकासा पनि दिइसकेको छ । अर्थमन्त्रालयका अनुसार अहिलेसम्म जस्तापाता किन्न चार अर्ब रुपैयाँ निकासा गरिसकेको छ । यी उद्योगले भूकम्पपछि जस्तापाताको मूल्यमा कुनै परिवर्तन नभएको जनाएका छन् ।‘सरकारको निर्देशन अनुसार जस्तापाताको कारखाना मूल्य र बिक्री स्थलसम्म पु¥याउँदा लाग्ने सबै खर्च जोडेर सार्वजनिक सूचना जारी गरिसकेका छौ,’ विज्ञप्तिमा भनिएको छ, ‘उद्योगहरुले तोकेको मूल्य भन्दा बढीमा बिक्री भएको पाइएमा कारवाही गर्न समेत हामी आग्रह गर्दछौ ।’