BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकले ७० करोडको हकप्रद निस्कासन गर्दै, असार ६ बाट निस्कासन, पुँजी तीन अर्ब नाघ्ने

२०७२ जेठ १४

लक्ष्मी बैंकले ७० करोडको हकप्रद निस्कासन गर्दै, असार ६ बाट निस्कासन, पुँजी तीन अर्ब नाघ्ने
लक्ष्मी बैंकले ७० करोडको हकप्रद निस्कासन गर्दै, असार ६ बाट निस्कासन, पुँजी तीन अर्ब नाघ्ने

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले चुक्ता पुँजी ७० करोड रुपैयाँले बृद्धि गर्ने भएको छ । बैंकले असार ६ गतेबाट सय रुपैयाँ दरका हकप्रद सेयर जारी गर्दै पुँजी बृद्धि गर्न लागेको हो ।
 
बैंकले ७० लाख १३ हजार ६०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

Tata
GBIME
Nepal Life

बैंकले दुई बर्षदेखि नै हकप्रद जारी गर्ने भनेपनि समय लगाइरहेको थियो । बैंकले १० कित्ता बराबर तीन कित्ताका दरले सेयर जारी गर्न लागेको हो ।

 
दुई अर्ब ३३ करोड पुँजी रहेको बैंकको सेयर जारीपछि पुँजी तीन अर्ब तीन करोड रुपैयाँ पुग्ने छ । बैंकको सेयरको निस्कास तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।