बैकले स्थापना गरेको एनसीसी बैंक राहत कोषमा रहेको रकमबाट यी सामान वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ । बैक व्यवस्थापन समितिका संयोजक शिवनाथ पाण्डे र प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले चित्लाङ गाविसका सचिवलाई पचास बण्डल जस्तापाता, पचास केजी जीआई वायर र एक बोरा किला हस्तान्तरण गरे ।
बैंकले गत जेठ ७ गते सिन्धुपाल्चोक जिल्लाको कालिका गाविसका भूकम्प पीडितलाई ७६ बण्डल जस्तापाता, ७५ किलो जिआई वायर र एक बोरा किला वितरण गरेको थियो ।