BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकको नाफा बढेपछि लाभांस घट्यो, अघिल्लो वर्ष १६ यो वर्ष जम्मा १० प्रतिशत

२०६९ असोज १८

काठमाडौं । लक्ष्मी बैंकले मुनाफा बढाए पनि सेयरधनीलाई भने कम लाभांसको प्रस्ताव गरेको छ । बैंकले यो वर्ष १० प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको हो । बैंकको बुधवार बसेको सञ्चालक समितिले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । लक्ष्मी बैंक उद्योगपति राजेन्द्र खेतान अध्यक्ष भएको बैंक हो ।
लक्ष्मी बैंकले गतवर्षभन्दा छ प्रतिशत कम लाभांसको प्रस्ताव गरेको हो । बैंकले गतवर्ष पाँच प्रतिशत बोनस सेयर र १०.७९ प्रतिशत नगद लाभांस वितरण गरेको थियो । बैंकले अघिल्लो वर्ष ३५ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । त्यस अघिल्लो वर्ष २५ करोड मुनाफा हुँदा लक्ष्मी बैंकले झण्डै १६ प्रतिशत लभांस वितरण गरेको थियो ।
लक्ष्मी बैंकमा खेतान समूहको बहुमत सेयर छ भने खेतानका दुई दाजुभाईसहित १० जनाको सञ्चालक समिति छ । बैंकमा सर्वसाधरणको ३६ प्रतिशत सेयर छ भने खेतान एक्लैको २५ प्रतिशतभन्दा बढी सेयर छ ।

Tata
GBIME
Nepal Life