BIZMANDU
www.bizmandu.com

सिजी अटोले ल्यायो नयाँ ए स्टार, प्रतिश्पर्धी आई १०, मूल्य २० लाख

२०६९ असार २४

सिजी अटोले ल्यायो नयाँ ए स्टार, प्रतिश्पर्धी आई १०, मूल्य २० लाख
सिजी अटोले ल्यायो नयाँ ए स्टार, प्रतिश्पर्धी आई १०, मूल्य २० लाख

काठमाडौं । सिजी अटोमोवाइल्सले २० लाख ३० हजार रुपैयाँ पर्ने मारुती सुजुकीको नयाँ मोडेलको ए स्टार गाडीको विक्री सुरु गरेको छ । सिजी अटोमोवाइल्सले यो गाडी बजारमा ल्याएको हो । यो गाडीको प्रतिस्पर्धा हुन्डाईको आई १०, कियाको पिकान्टो, भक्सवागनको पोलो लगायतसँग प्रतिस्पर्धा हुनेछ ।

कम्पनीले यसको विक्री सुरुवात पोखराबाट थालेको हो । पुरानो ए स्टारको वाहिरी र भित्री आवरणलाई परिवर्तन गरी आकर्षक बनाइएको छ । गाडीको सम्पूर्ण स्वरुप परिवर्त गरी बजारमा ल्याइएकाले सवैले रुचाउने कम्पनीको दावी छ । कम्पनीका अनुसार उपभोक्तासँगको प्रतिक्रिया लिएर गाडीको स्वरुप परिवर्तन गरिएका हो । उपभोक्ताको माग अनुसार कार बनाइएकोले बिक्री  राम्रो हुने कम्पनीको दावी छ । नयाँ ए स्टारमा अझ बढी रङ र थप फिचरहरु सहित उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । नयाँ ए स्टार गाडीमा उच्चस्तरीय मौसम नियन्त्रक (एसी), पावर विन्डो, एकिकृत अडियो सिस्टम (चार वटा स्पीकर र युएसबी पोर्टयुक्त), फ्रन्ट एन्ड रेयर पावर विन्डो, पावर स्टेयरिङ, म्यानुअल लक एन्ड सेन्टर रिमोट फ्युल फिल्टर, फोल्डिङ रेयर सिटलगायत विशेषता छन् ।
दोहोरो एयरव्याग, एन्टि लक व्रेकिङ सिस्टमजस्ता सुरक्षात्मक प्रबन्ध पनि यसमा मिलाइएको छ । ९ सय ९८ सिसीको गाडीमा केबी सिरिजको इन्जिन जडान गरिएको छ । यसले प्रतिलिटर इन्धनमा १९ किलोमिटरको माइलेज दिने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life