बाजेको सेकुवाका फ्रान्चाईज बाजेको भेन्चरले व्यवस्थापन गर्छ । कम्पनीको पूर्ण स्वामित्वमा पाँच शाखा र चार वटा फ्रान्चाईज गरेर ९ वटा शाखा संचालनमा रहेको छ । बाजेका सेकुवाका अध्यक्ष चेतन भण्डारीका अनुसार नेपाली घरेलु कम्पनीले फ्रान्चाईज मोडलमा मुलुकभरी शाखा विस्तार गरेको पहिलो हो । भरतपुरको फ्रान्चाईजका संचालक रामचन्द्र केसी र दिपेन्द्र केसी छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील खड्काले आगामी आर्थिक वर्षभित्र बाजेको सेकुवाका ८ फ्रान्चाईज खोल्ने जानकारी दिए ।