BIZMANDU
www.bizmandu.com

स्टकमा रोक्का भएको एभरेष्ट इन्सुरेन्सको कारोवार फुक्का, बुधवारबाट कारोवार सुरु

२०६९ असोज १७

काठमाडौं । बीमा समितिले कारवाही गरेपछि विवादमा परेको एभरेष्ट इन्सुरेन्सको बुधवारबाट सेयर कारोवार सुरु भएको छ । बीमाको कारावाहीपछि कम्पनी बन्द गर्ने सञ्चालक समितिको निर्णय सार्वजनिक भएपछि स्टक एक्सचेञ्जले एभरेष्ट इन्सुरेन्सको कारोवार रोक्का गरेको थियो ।
एभरेष्टले बीमा समितिसँग मिस अण्डरस्ट्याण्डिङ्ग भएको भन्दै माफि मागेपछि कम्पनीको विवाद टुङ्गिएको थियो । स्टकले कम्पनीका विषयमा सोधको जवाफमा सन्तोषजनक जवाफ आएपछि बुधवारबाट एभरेष्टको कारोवार २२ दिनपछि फुक्का भएको हो ।
स्टकमा एभरेष्ट इन्सुरेन्सका १० लाख १२ हजार पाँचसय कित्ता सेयर सूचिकृत छन् । कम्पनीको पछिल्लो कारोवार प्रतिकित्ता ३२५ रुपैयाँमा भएको थियो । विवादपछि उद्योगपति राजेन्द्र खेतानले एभरेष्ट अध्यक्षबाट राजिनामा दिएका छन् । उनको बर्हिगमनलाई स्टक बजारले कसरी लिन्छ, त्यो भने हेर्न बाँकी छ  ।

Tata
GBIME
Nepal Life