BIZMANDU
www.bizmandu.com

बेरोजगारलाई खुशीको खबर !,अब फेसबुकमा भेटिने भो जागिर

२०६९ असार २३

बेरोजगारलाई खुशीको खबर !,अब फेसबुकमा भेटिने भो जागिर
बेरोजगारलाई खुशीको खबर !,अब फेसबुकमा भेटिने भो जागिर


ह्युस्टन । जागिर नपाएर धुरुक्क हुनुहुन्छ ? धन्दा नमान्नुहोस्, केही महिनापछि तपाईका लागि फेसबुकले जागिर खोज्ने काम थाल्दैछ । विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ साइट फेसबुकले कुन–कुन ठाउँमा, कुन–कुन पद खाली छ भनेर जानकारी दिने नयाँ बोर्डको विकास गर्दैछ ।
फेसबुकले यसका लागि रोजगारीका लागि काम गरिरहेका साइटहरुसँग अनुबन्धको तयारी गरिरहेको छ ।
स्रोतका अनुसार तीन कम्पनीले पोष्ट गरेका रोजगारी आवश्यकतासम्वन्धी सूचनाहरु फेसबुक युजरले सर्च गर्दा भेटिने गरी बोर्ड बनाइनेछ । जागिरका लागि लिंकडेन जस्ता साइटबाट फेसबुकलाई चुनौती थपिएपछि कम्पनी यस्तो निर्णयमा पुगेको हो ।
फेसबुकले अहिलेका लागि तीनवटा कम्पनी ब्राञ्चआउट, जबभिटे, वर्क फोर ल्याब्ससँग सहकार्य गर्नेछ । यी कम्पनीले आफ्ना ग्राहक कम्पनीलाई यस्तो सेवा अगस्टको सुरुमै सञ्चालनमा ल्याउने जानकारी दिन थालेका छन् ।
फेसबुकका प्रवक्ताले यो विषयमा प्रतिक्रिया नदिने बताएका छन् भने ब्राञ्चआउट, जबभिटे र वर्क फोर ल्याब्सका प्रतिनिधीले यो विषयमा सोधिएको प्रश्नको उत्तर नै दिएनन् ।
फेसबुकले यस्तो सूचना जागिर खोज्नेको न्युज फिडमा राखिदिन्छ वा छुट्टै ठाउँमा यस विषयमा पनि अझै प्रष्ट भएको छैन । फेसबुकले यो साइट कम्पनीभन्दा बाहिरबाट गराइरहेको, यससम्वन्धी एक जानकार सुत्रले बतायो । गत अक्टोवरमा फेसबुकले अमेरिकी सरकारको श्रम विभागसँगको सहकार्यमा जागिर खोज्ने काम थाल्ने घोषणा गरेको थियो ।
हालसालैका वर्षहरुमा लिंकडेन जस्ता साइटले युजरको व्याक्तिगत र व्यवसायिक जीवनको विवरण राखने र जागिरको सूचना दिंदै आएका छन् । यसले जागिर खोज्नका लागि खोलिएका मोन्सटर डटकम जस्ता साइटलाई पनि चुनौती थपिएको छ । अहिले अनलाइन जागिर खोज्ने उद्योग झण्डै साढे चार अर्ब अमेरिकी डलर बराबर पुगेको छ । अहिले नै ठूला कम्पनीहरु फेसबुकलाई प्रयोग गरेर जागिर खोजिरहेका छन् । युनिलिभर, बोइङ, डेल, माइक्रोसफ्ट कर्प, वाल्ट डिज्ने कम्पनी, प्राइसवाटर हाउस कुपर, वालमार्ट स्टोरले फेसबुकमै क्यारिअर पेज सुरु गरेका छन् । कुनै कुनै कम्पनीको यस्तो फेसबुक पेजमा आठ लाखसम्म लाइक पुगेका छन् । – द वालस्ट्रिट जर्नलबाट

Tata
GBIME
Nepal Life