BIZMANDU
www.bizmandu.com

भुकम्प पीडितलाई २ % मा कर्जा, राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई शुन्य व्याजदरमा पुनरकर्जा दिने

२०७२ बैशाख २३

भुकम्प पीडितलाई २ % मा कर्जा, राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई शुन्य व्याजदरमा पुनरकर्जा दिने
भुकम्प पीडितलाई २ % मा कर्जा, राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई शुन्य व्याजदरमा पुनरकर्जा दिने


काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई प्रतिसतसम्ममा भूकम्प पीडितलाई कर्जा दिन वाणिज्य बैंकहरुलाई पैसा उपलब्ध गराउने भएको छ । घर भत्किएकाहरुलाई सहुलिय दिन राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।

Tata
GBIME
Nepal Life

‘भूकम्प पीडितलाई राहत दिने गरि दुई प्रतिसतभन्दा कम व्याजदरमा आवास कर्जा दिन राष्ट्र बैंकले नीतिगत निर्णय गरेको छ’, राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले विजमाण्डूसँग भने । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई शुन्य व्याजदरमा पुनरकर्जा दिने र यस्तो कर्जा बैंकहरुले भुकम्प पीडितलाई दुई प्रतिसतसम्ममा आवास कर्जा दिनुपर्ने छ ।

बैंकहरुले उपत्यका भित्र २५ लाख रुपैयाँसम्म र गाउमा १५ लाख रुपैयाँसम्म यस्तो कर्जा दिन सक्नेछन् । दुई प्रतिसतमा कर्जा दिन भुकम्पले क्षति पुगेको हुनुपर्ने छ । विगतमा कर्जा लिएका वा नलिएका सबैले यस्तो कर्जा लिन पाउँनेछन् ।

केन्द्रीय बैंकले बुधबार नीतिगत निर्णय गरेको हो । यो निर्णय पछि कार्यविधि तयार गर्दै जाने केन्द्रिय बैंकको योजना छ । बाणिज्य बैंकहरुले ऋणीको कर्जा तिर्न सक्ने क्षमताका आधारमा लगानी गर्नेछन् । असुलीको संभावना नदेखे बैंकहरु यस्तो कर्जा लगानी गर्न वाध्य हुँदैनन् ।

घर भत्किएर समस्यामा परेकाहरु सहयोग पर्याउने उद्देश्यले केन्द्रिय बैंकले यस्तो पुनरकर्जाको व्यवस्था गरेको हो । सस्तो व्याजदरमा कर्जा पाएपछि पीडितहरुले घरको पुनर्निमाण सुरु गर्न सक्छन् । यो निर्णयले बैंकहरुलाई कर्जा लगानी गर्न पनि प्रेरित गर्ने राष्ट्र बैंकको विश्लेषण छ ।

कति घरमा क्षति भए र कति कर्जाको माग हुनसक्छ भन्ने यकिन छैन । तर कर्जा तिर्न सक्नेगरी नियमित आम्दानी भएकाहरुले आफ्नो क्षतिग्रस्त घर निर्माणका लागि सजिलै स्रोत जुटाउन यस्तो कर्जाले सघाउने छ ।