काठमाडौंको सडक सुन्दरताः बाँदरका हातमा नरिवल, ६ महिना पनि टिकेन सुन्दरता (तस्बिर समाचार)
२०७२ बैशाख ११
अंगद ढकाल/बिजमाण्डू
काठमाडौं । १८ औँ सार्क शिखर सम्मेलनताका हतारहतार बनाइएको 'सडक सुन्दरता' काठमाडौंबासीका लागि 'बाँदरका हातमा नरिवल' बनेको छ। ६ महिनाअघि दिनरात गरेर बनाइएको काठमाडौंको तीनकुने-बानेश्वर-बबरमहल- माइतिघरसम्मको ६ लेन सडक आसपासमा लगाइएका धेरै बिरुवा अहिले भाँचिएको भेटिन्छ।
सडक बीचमा रहेको बगैंचा भने पैदलयात्रुले नभेट्ने भएकोले बचेको छ तर सडक किनारामा हिँड्नेहरुले पात, हाँगा लछार्दै हिँड्ने हुँदा विरुवा मर्दै गएका छन्। अहिले सडकको दायाँबायाँ धेरै विरुवा ठूटो अवस्थामा भेटिन्छन्। पात हाँगा लछारिएका विरुवाका काण्ड जमिनबाट उक्किएर भुइँमा ढलेका पनि भेटिन्छन्। सडक विभागले सडक सरसफाइमा खटाएकी एक कामदार भन्दै थिइन्, 'बाटोमा हिँड्नेहरुले भाँच्दै हिँड्छन्। हामीले भनेको मान्दैनन्,' उनले भनिन्, 'कतिले त तपाईँको हो र ? सम्म भने।' हेर्नुस् फोटाः