BIZMANDU
www.bizmandu.com

बरुण हाइड्रो पावरको सेयर वाँडफाँड, बढीमा १० कित्ता मात्र पर्यो, ४५ हजार १९८ जनाले पाए सेयर

२०७२ बैशाख १०

कसलाई कति पर्यो हेर्न यहाँ क्लिक गर्नुस्

Tata
GBIME
Nepal Life

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयरको आज बाँडफाँड गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका चार लाख ८६ हजार कित्ता सेयर निस्कासन गरेको थियो ।

 
कुल सेयरमध्ये कम्पनीले २४ हजार तीन सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । नौ हजार ७२० कित्ता सेयर कर्मचारीले पाएका छन् । बाँकी चार लाख ५१ हजार ९८० कित्ता सेयरका लागि मात्र सर्वसाधारणले आवेदन दिएका थिए । 
 
आवेदन दिएका सेयरधनीहरुले वढीमा १० कित्ता सेयर मात्र पाएका छन् । कम्पनीको सेयर ४५ हजार एक सय ९८ जनाले मात्र पाएका छन् । बैंकले चार लाख ५१ हजार ९८० कित्ता सेयर वाँडफाँड गरेको छ । 
 
फागुन २० गते निस्कासन बन्द हुने सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम  एक हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । कम्पनीको विद्युत उत्पादन केन्द्र शंखुवासभाको जलजला गाविसमा छ । 
 
कम्पनीको कुल सेयरमध्ये ७० प्रतिशत प्रवद्र्धकहरुसँग छ । १० प्रतिशत सेयर प्रभावित क्षेत्रका गाविसवाशीसँग छ । बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि निस्कासन गरिएको थियो । कुल २४ करोड ३० लाख रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको सञ्चालक समिति अध्यक्षमा शैलेन्द्र गुरागाई छन् ।