BIZMANDU
www.bizmandu.com

एनएमबी बैंकले जग्गा किन्न ५० लाख र घर किन्न ३ करोड रुपैयाँ ऋण दिने

२०६९ असोज १६

एनएमबी बैंकले जग्गा किन्न ५० लाख र घर किन्न ३ करोड रुपैयाँ ऋण दिने
एनएमबी बैंकले जग्गा किन्न ५० लाख र घर किन्न ३ करोड रुपैयाँ ऋण दिने

 काठमाडौं । एनएमबी बैंकले घर तथा जग्गा कर्जा योजना ल्याएको छ । घर जग्गा व्यवसाय ओरालो लागिरहेका बेला बैंकले यसलाई प्रवद्र्धन गर्न कर्जा योजना ल्याएको हो । बैंकले ५० लाख रुपैयाँसम्मको जग्गा कर्जा उपलब्ध गराउने छ ।
घर तथा अपार्टमेन्ट किन्नलाई भने ग्राहकले ३ करोड रुपैयाँसम्म ऋण पाउने छन् । बैंकले कर्जाको व्याज स्थिर रहने जनाए पनि ब्याज दर भने सार्वजनिक गरेको छैन । बैंकले ब्याज दर सर्वसुलभ हुने जनाएको छ । यो ऋण बैंकका २० वटै शाखाबाट पाउन सकिन्छ । बैंकका २३ एटिएम काउन्टर छन् ।

Tata
GBIME
Nepal Life