BIZMANDU
www.bizmandu.com

भारतीयले सक्लान चिनियाँ सामान आपुर्तिको जालो तोड्न ?

२०७२ बैशाख ९

भारतीयले सक्लान चिनियाँ सामान आपुर्तिको जालो तोड्न ?
भारतीयले सक्लान चिनियाँ सामान आपुर्तिको जालो तोड्न ?

एजेन्सी । २०१३ मा अधिकांश मुलुकहरुमा विदेशी लगानी केही घट्यो । त्यसले नराम्ररी प्रभावित भयो भारत । त्यतिबेला लगानीकर्ताहरु डराउनुमा धेरै कारणहरु थिए । भारतको कूल गार्हस्थ उत्पादन घटेको थियो । सार्वजनिक लगानीहरु सुस्ताएका थिए भने मूल्यवृद्धि १० प्रतिशतको हाराहारीमा थियो । त्यसको एक वर्ष पहिले लोडसेडिङ बढेको थियो । जसले दशौंलाख भारतीयहरुलाई अध्यारोमा धकेलेको थियो ।

Tata
GBIME
Nepal Life

तर त्यसको एक वर्षपछि नै समयले कोल्टे फेर्‍यो । लगानीकर्ताहरुले नयाँ भविष्य देख्न थाले । यसको एउटा कारण थियो प्रधानमन्त्री नरेन्द्र मोदीको विकास तथा उन्नति प्रतिको प्रतिबद्धता । तीनै मोदी गएको मेमा भारतको प्रधानमन्त्री निर्वाचित भए ।

भारतको जनसंख्या झण्डै चीनकै बराबर छ । तर भारत र चीनको अवस्था फरक छ । भारतमा गरिबी धेरै छ त्यसैले नयाँ कुरामा भारतीय युवाहरु छिट्टै आकर्षित हुन्छन् । जसका कारण चिनियाँहरुले समात्न नसकेको अनुभव भारतीयहरु छिट्टै समात्न सक्छन् ।

दिल्लीबाट निस्कने बिजनेश स्टाण्डर्डमा मिहिर शर्माको 'रिस्टार्ट' स्तम्भ छापिन्छ । यो स्तम्भ निकै विश्वसनीय र पठनीय मानिन्छ जसले भारतको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने कुराहरु उल्लेख हुन्छ । यसमा भारतले आफ्ना नागरिकको जीवनस्तर उकास्न सके एसियाको बाँकी भागमा त्यसको प्रभाव कसरी पर्छ भन्ने प्रष्टै देखिने उल्लेख छ ।

अहिले भारतमा प्रत्येक वर्ष एक करोड ३० लाख भारतीयहरु रोजगारीमा छिर्छन् । धेरै जागिर उनैहरु आफैंले खोज्ने गर्दछन् । भारतमा संचालित ठुला कम्पनीका लागि भने त्यहीँका वर्कफोर्स कम प्रभावकारी हुने गरेको छ । त्यसैले स्थानीय कामदार मात्रै प्रयोग गरेर बहुराष्ट्रिय कम्पनीलाई बिजनेश गर्न धेरै कठिन छ ।

शर्माले पटक पटक भन्ने गरेका छन्, संसारका धेरै ठाउँहरुमा रोजगारी सुरक्षाका लागि कडा कानूनहरु बनिरहेका छन् । संसारमा सुरक्षित गरिएका यस्ता जागिरहरुमध्ये भारतमा थोरै मात्रै सुरक्षित गरिएका छन् । यी विषयहरु भविष्यमा पक्कै पनि गहन रुपमा उठ्नेछन् ।

भारतका सन्दर्भमा धेरै प्रश्न उठाउने अर्को क्षेत्र त्यहाँको गरिबी पनि हो । यदि गरिबीको अवस्था यस्तै रहिरहने र नीति निर्माताले पनि यसको अन्त्यका लागि गम्भीर पहल नगर्ने हो भने भारत एसियाका अरु छिमेकीका तुलनामा विकासमा निकै पछाडि पर्ने शर्माले उल्लेख गरेका छन् । 'हामीले हाम्रो बारेमा विदेशी लगानीकर्तालाई जे जे कुरा झुक्याएपनि एकदिन अवस्य उनीहरुले यो थाहा पाउँछन्' उनले भनेका छन् ।

शर्माले भारतीय रोजगारी तथा विजनेश क्षेत्रमा नियमनको आवश्यकता औंल्याएका छन् । तर सबैलाई एकै ठाउँमा संभव नहुने पनि उनको ठम्याइ छ । त्यसैले यसलाई एउटा रुटिन बनाएर काम गर्नु आवश्यक छ । भारतमा धेरै विजनेशहरु १९४८ को फ्याक्ट्री ऐन अनुसार चलिरहेका छन् । तर मजदूरहरुको क्षेत्रमा भने केही 'इन्सपेक्सन' भेटिने शर्माले उल्लेख गरेका छन् । यसले भारतलाई अझै पनि लगानीमा केही शंकाकै रुपमा हेर्ने गरिएको छ ।

कहाँ भयो गल्ती ?
जब १९६९ मा इन्दिरा गान्धीले आफ्नै पार्टी भित्र रहेको विरोधका आवाजका बाबजूद बैंकहरु राष्ट्रियकरण गरिन, समस्या त्यहीँबाट सुरु भयो । यसबाट धेरै कुराहरु परिवर्तन भएको शर्मा बताउँछन् । यस्तै तत्कालीन अर्थमन्त्री एवं पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहको बजेटले पनि धेरै कुराहरुमा बाधा बनाए । किनकी सिंहले त्यतिबेला चालेका सुधारका कार्यक्रमहरु बिचमै अलपत्र छोडिदिए । सिंहले प्रतिस्पर्धी बजार खुला गरिदिए तर उनले स्वतन्त्र बजार, भूमी, श्रमीक तथा पुँजीका विषयमा केही पनि गरेनन् ।

यतिबेला खेतीयोग्य जमिनमा औद्योगिकरण बन्देज लगाइएको थियो । श्रमीकहरुलाई मालिकले जहिले पनि तल्लो व्यवहार गर्दथे भने लगानीकर्ताहरु पनि खराब काम नगरी टिक्न सक्दैनथे । यसले धेरै कम्पनीहरुलाई मृत्युकै मुखमा पुर्‍यायो । यतिबेला नयाँ कम्पनीहरु बजारमा छिर्न सकेनन् । उत्पादन क्षेत्र १९९० को मध्यसम्म नै ओरालो लागिरह्यो ।

शर्माका अनुसार भारतीय कम्पनीहरुलाई अहिले पनि सुधारको जरुरी छ । तर अहिले भारतको वृद्धिको भरथेग उत्पादन क्षेत्रले गरिरहेको छ । अहिले अर्को बाटो पनि देखिएको छ, आधुनिक कम्पनीहरु थोरै मजदूर धेरै मेसिनबाट काम गर्न थालेका छन् । जब भारतले सुधारको काम थालेको थियो त्यतिबेला चीनले विश्व बजारमा सामान आपूर्तिको जिम्मा लिइसकेको थियो । त्यसैले अहिले भारत र भारतीय कम्पनीहरुलाई यो जालो तोड्न निकै कठिन छ ।
तर भारतको सेवा क्षेत्र निकै सशक्त छ । यसले भारतमा निकै आशा जगाएको छ । भारतमा अर्का लेखक हिन्डोल सेनगुप्ता पनि यसैक्षेत्रसँग सम्बन्धित छन् । उनले पनि भारतमा साना भएपनि सेवा क्षेत्रले राम्रो गरिरहेको बताएका छन् । साना कम्पनीहरुले मुलुकको विकासमा थोरै योगदान गर्ने र उनीहरुको योगदान नगण्य हुने भएपनि सानासँगै ठुलाको वृद्धि हुन सके समग्रमा सकारात्मक संकेत देखिनेमा शर्मा र सेनगुप्ता दुवै सकारात्मक छन् ।