नयाँ वर्षको अवसर पारेर कम्पनीले सिमित अवधिका लागि यो योजना ल्याएको हो । ग्राहकले तत्कालै कार किन्न फाइनान्सको सुविधा पनि दिएको कम्पनीले जनाएको छ । कम्पनीले उपभोक्ताको सुविधाका लागि वैशाख ९ गतेदेखि १३ गतेसम्म एक्सचेन्ज अफर समेत ल्याएको छ ।सवारी साधनको नेपालको प्रमुख पाँच रिकन्डिसन हाउस मार्फत मूल्यांकन गरेर फियाटका गाडी किन्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले टेस्ट ड्राईभमा सहभागी गराएर उपहार समेत दिने जनाएको छ ।
गाडीमा डुयल स्टेज एयरब्याग र अटो ब्रेकिङ्ग सिस्टम रहेको छ भने आरामदायी र स्टाईलको लागि व्लुटुथ कनेक्टिभिटी, माई कार सिस्टम, फलो मि हेडल्याम्प, एक्ज्याक्ट डोर ओपन ईन्डिकेटर लगायतका विशेषता रहेका छन् । नेपालमा फियाट गाडीका पाँच सय भन्दा बढी उपभोक्ताहरु रहेका छन् ।