BIZMANDU
www.bizmandu.com

सिटिसी मोवाइल एक्स्पो सम्पन्न, छुटको अफर भने वैशाखभरी रहने, जीथ्री मोवाइल सार्वजनिक

२०७२ बैशाख ७

सिटिसी मोवाइल एक्स्पो सम्पन्न, छुटको अफर भने वैशाखभरी रहने, जीथ्री मोवाइल सार्वजनिक
सिटिसी मोवाइल एक्स्पो सम्पन्न, छुटको अफर भने वैशाखभरी रहने, जीथ्री मोवाइल सार्वजनिक

काठमाडौँ। चैत २७ गते सुरु भएको सिटिसी मोबाइल एक्स्पो सम्पन्न भएको छ। एक्स्पो सकिएपनि वैशाख महिनाभर छुट तथा उपहार योजना यथावत रहेको सिटिसी मोवाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए। वैशाख ५ गतेसम्म गर्ने भनिएको एक्स्पो अवलोकनकर्ताको चापका कारण दुई दिन थपेर ७ गतेसम्म गरिएको थियो। 
 

एक्स्पोमा १२ करोड ४० लाख रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ।  सात लाख २० हजार भन्दा धेरै सर्वसाधारणले एक्स्पो अवलोकन गरेको मोवाइल एशोसिएशन नेपालका अध्यक्ष आविस्कारलाल श्रेष्ठले बताए। एक्स्पोमा १२ हजार भन्दा बढी मोबाइल सेटहरु बिक्री भएको छ। एक्स्प्ाोमा मध्यमस्तरका स्मार्टफोनको कारोबार उच्च रहेको सहभागी व्यवसायीले बताए । 

Tata
GBIME
Nepal Life
 
सिटिसी मोवाइल बजारमा अन्य बजारभन्दा सस्तो तथा जेन्युन मोवाइलहरु पाउने भएकोले छिट्टै सर्वसाधारणको रोजाइको मुख्य गन्तव्य बन्नेमा ढुक्क रहेको सिटिसी मोवाइल बजारका उपाध्यक्ष माधव रोकाहाले दावी गरे। 

एक्स्पोमा एलजीको जी थ्री स्टाइलस मोवाइल सार्वजनिक 
एक्स्पोमो सिजी इम्पेक्सले जी थ्री स्टाइलस मोवाइल सार्वजनिक गरेको छ। यसको बजार मुल्य २९ हजार नौसय ९९ रुपैयाँ रहेको छ। यसमा ५.५ इन्चको आइपीएस डिस्प्ले रहेको छ भने दुईवटा सीम चलाउन मिल्ने कम्पनीले जनाएको छ। किटकाट अपरेटिङ सिस्टममा चल्ने यो स्मार्टफोन १.३ गीगाहर्ज क्वाडकोर प्रोसेेसर, १ जिबी र्‍याम, १३ मेगापीक्सल क्यामेरा तथा ३ हजार एमएएच को ब्याट्री रहेको छ।