BIZMANDU
www.bizmandu.com

करिष्माको हातबाट मल्टिनेसनल फिटनेस केन्द्रको सुरुवात, सौन्दर्य उपचारका लागि विदेश जानु नपर्ने

२०७२ बैशाख ७

करिष्माको हातबाट मल्टिनेसनल फिटनेस केन्द्रको सुरुवात, सौन्दर्य उपचारका लागि विदेश जानु नपर्ने
करिष्माको हातबाट मल्टिनेसनल फिटनेस केन्द्रको सुरुवात, सौन्दर्य उपचारका लागि विदेश जानु नपर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं । शरीर सौन्दर्य र तन्दुरुस्तीमा काम गर्दै आएको अन्तर्राष्ट्रिय कम्पनी भीएलसीसीले सोमबार काठमाडौंको लाजिम्पाटमा आफ्नो शाखा खोलेको छ।

शाखाको उद्घाटन हिरोइन करिष्मा मानन्धर र हिरो आर्यन सिग्देलले संयुक्तरुपमा गरे। नेपालमा सौन्दर्य र फिटनेसमा सेवा दिने केन्द्रको खाँचो रहेको भन्दै मानन्धरले केन्द्रको स्थापनाले स्तरीय सौन्दर्य उपचारका लागि अब विदेश जानु नपर्ने बताइन्।

केन्द्रले शरीरको तौल कम गर्ने, स्लीम बनाउने, अनुहारको स्याहार गर्ने लगायत थेरापी सेवा वैज्ञानिक र प्राकृतिक ढङ्गमा दिने दावी गरेको छ।

कम्पनीले भारत, श्रीलङ्का, मलेसिया, सिंगापुर लगायत २१ वटा अन्य देशहरुमा सेवा दिँदै आएको छ। कम्पनीले छालासँग सम्बन्धीत विभिन्न सामानहरुको बिक्री वितरण समेत सुरु गरेको छ।