BIZMANDU
www.bizmandu.com

कहाँ पुगे बैंक वित्तीय संस्था, अझै कहाँ बाँकी ? (ग्राफिक्स सहित)

२०७१ चैत्र २४

कहाँ पुगे बैंक वित्तीय संस्था, अझै कहाँ बाँकी ? (ग्राफिक्स सहित)
कहाँ पुगे बैंक वित्तीय संस्था, अझै कहाँ बाँकी ? (ग्राफिक्स सहित)


 काठमाडौं ।
  • बैंक तथा वित्तीय संस्थाका देशभर १६ सय ८७ वटा एटिएम सञ्चालनमा छन् । यसमध्ये बाणिज्य बैंकहरुकोे १४ सय ३३, विकास बैंकहरुको २२४ र फाइनान्सको ३० वटा सञ्चालनमा छन् ।
  •  
  • बैंक तथा वित्तीय संस्थाहरुले ४१ लाख पाँच हजार ४०८ वटा डेबिट कार्ड वितरण गरेका छन् । यसमध्ये बाणिज्य बैंकहरुको ३७ लाख ३८ हजार ७१३, विकास बैंकहरुको तीन लाख ४२ हजार ९५५ र फाइनान्स कम्पनीहरुको २३ हजार ७४० वटा डेबिट कार्ड जारी भएको छ । बाणिज्य बैंकहरुले ५३ हजार ४२ वटा क्रेडिट कार्ड वितरण गरेका छन् ।
  •  
  • बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणको एक करोड ३९ लाख ९० हजार ४६९ वटा निक्षेप खाता छ । यसमध्ये बाणिज्य बैंकहरुमा एक करोड ६ लाख २७ हजार ८३६ वटा, विकास बैंकहरुमा २७ लाख ९० हजार ९५१ वटा र फाइनान्सहरुमा पाँच लाख ७१ हजार ६८२ वटा निक्षेप खाता छ ।
  •  
  • बैंक तथा वित्तीय संस्थाहरुमा नौं लाख ८७ हजार ३८३ वटा ग्राहकको ऋण खाता छ । यसमध्इे बाणिज्य बैंकमा ६ लाख ८३ हजार ९७३, विकास बैंकहरुमा दुई लाख ५२ हजार ४४६ र फाइनान्सहरुमा ५० हजार ९६४ वटा ऋण खाता छन् ।
  •  
  • बाणिज्य बैंकहरुका सबै जिल्लामा शाखाहरु छन् । विकास बैंक अझै ११ वटा जिल्लामा पुगेका छैनन् । फाइनान्स कम्पनी जम्मा ४० जिल्लामा मात्र छन्, अझै ३५ जिल्लामा फाइनान्सको उपस्थिति छैन । 
  •  
  • बैंक तथा वित्तीय संस्था र लघुवित्तसमेत गरेर देशभरमा तीन हजार सात सय सात वटा शाखा कार्यालयहरु छन् । वित्तीय संस्थाहरुको प्रत्येक शाखाको भागमा कुल जनसंख्याको सात हजार १ सय ४७ जना आउँछन् ।
  •  
  • अहिले देशमा ३० बाणिज्य बैंक, ८१ विकास बैंक र ५१ विकास बैंकहरु सञ्चालनमा छन् । ३५ वटा लघुवित्त विकास बैंकहरु पनि सञ्चालनमा छन् ।
     

Tata
GBIME
NLIC