BIZMANDU
www.bizmandu.com

नेपाल लाइफले ६८ प्रतिशत लाभांस दिने, ६० प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश

२०७१ चैत्र २३

नेपाल लाइफले ६८ प्रतिशत लाभांस दिने, ६० प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश
नेपाल लाइफले ६८ प्रतिशत लाभांस दिने, ६० प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ६८ प्रतिशत लाभांस दिने भएको छ । कम्पनी सञ्चालक समितिको १९४औं बैठकले ६८ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीले लगानीकर्तालाई ६० प्रतिशत बोनस सेयर दिने भएको छ । बीमा कम्पनी मध्ये नेपाल लाइफ सबैभन्दा बढी लाभांस दिनेमा पर्छ । यो कम्पनीले गत वर्ष पनि लगानीकर्तालाई उच्च प्रतिफल दिएको थियो । गत वर्ष कम्पनीले लगानीकर्तालाई ७० प्रतिशत बोनस सेयर र २८.५ प्रतिशत नगद लाभांस दिएको थियो ।

सञ्चालक समितिले लगानीकर्तालाई आठ प्रतिशत नगद लाभांस पनि दिने प्रस्ताव गरेको छ । वीमा समितिको स्वीकृति पछि कम्पनीले यो प्रस्ताव साधारण सभामा पेश गर्ने छ । कम्पनीको साधारण सभाले पारित गरेपछि लगानीकर्ताले लाभांस पाउने छन् ।

बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी पनि बृद्धि हुनेछ । हाल कम्पनीको चुक्ता पुजी एक अर्ब आठ करोड ३७ लाख रुपैयाँ छ । बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ७३ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।