BIZMANDU
www.bizmandu.com

‘निजीकरणमा सहजताले युरोप अब मेड इन बेइजिङ’

२०७१ चैत्र २२

‘निजीकरणमा सहजताले युरोप अब मेड इन बेइजिङ’
‘निजीकरणमा सहजताले युरोप अब मेड इन बेइजिङ’


(एजेन्सी) । गएको मार्च २३ मा इटालीका पूर्व प्रधानमन्त्री रोमानो प्रोडीले भने, 'इटालीको औद्योगिक नीति भनेको मेड इन बेइजिङ हो ।'

 

चिनियाँ कम्पनी चाइना नेशनल केमिकल कर्पोरेसनले इटालियन (सीएनसीसी) टायर उत्पादक पिरेल्ली सात अर्ब ७० करोड डलरमा खरीद गर्ने सूचना सार्वजनिक भएको केही दिनमा उनको यो भनाइ आएको हो । इटालीमा यो चिनको अहिलेसम्मकै ठुलो लगानी हुने छ, जसले युरोपेली बजारमा चीनको ब्रान्ड तथा प्रविधिको बलियो उपस्थितीको संकेत पनि दिने छ ।

 

पिरेल्लीको सेयर स्वामित्व कम्फिनबाट किन्ने कुरामा सीएनसीसी सहमत भइसकेको छ । यसले टायर उत्पादनमा २६ प्रतिशत हिस्सा ओगट्दै आएको छ । उसले यो समूह नै आफ्नो स्वामित्वमा लिने पहिलो कदमको रुपमा यसलाई लिएको छ ।

 

चीनसँगको यो डिल इटालीमा २०१४ मा भित्रिएका विदेशी लगानी मध्येको एक हो । बेलायतपछि युरोपमा धेरै चिनियाँ लगानी भित्र्याउनेमा पनि यो वर्ष इटाली परेको छ । चिनियाँहरुले युरोपभर २०१० मा दुई अर्ब डलर लगानी गरेकोमा २०१४ मा यसलाई बढाएर १८ अर्ब डलर पुर्‍याइसकेका छन् ।

 

चिनियाँ कम्पनीहरुले सन् २०११ को पञ्चवर्षीय योजना अनुसार विश्वका उत्कृष्ठ र उच्च गुणस्तरीय ब्रान्ड खरीदको तयारी गरिरहेका छन् । उनीहरुको अहिलेको प्रमुख टार्गेटमा मार्केट भ्यालु उच्च भएका कम्पनीहरु छन् । २०१४ मा चिनियाँ फर्महरु डिल भ्यालुको ४१ प्रतिशत थिए । यो अवस्था जापानमा १९८० को दशकमा थियो ।

 





अहिले युरोप लगानीका लागि आकर्षक गन्तब्य बनिरहेको छ । यहाँ निजीकरण सजिलो भइरहेका छन् । कमजोर हुँदै गएको युरोले पनि लगानीका लागि अर्को आकर्षण थपेको छ । फ्रान्स र इटालीमा राष्ट्रिय भन्दा विदेशी लगानीका उद्योगमा आकर्षण छ । यस्तै जर्मनी पनि विश्व अर्थतन्त्रको अर्को शक्तिको रुपमा उदाउँदै छ ।

 

विदेशी लगानीका लागि खुला बेलायतमा थेमस वाटर र हेथ्रो विमानस्थलमा चिनियाँको स्वामित्व छ । फ्रान्सको टोउलोस विमानस्थल, कार उत्पादक पिगट र रिसोर्टमा चिनियाँहरुले लगानी गरिसकेका छन् । ग्रीसमा चिनियाँहरुले पिराइएस बन्दर्गाहको एउटा भाग नै चलाएका छन् । यस्तै स्वीडेनमा कार उत्पादक भोल्भो चिनियाँहरुको स्वामित्वमा छ ।

 

यस्तै स्पोर्ट ब्रोडकास्टिङ राइट प्रमुख लगानीकर्ता पनि चिनियाँले खरीद गरिसकेका छन् । इटालीमा पनि पिरेल्लीबाहेक चिनियाँहरुले फेरेट्टी, तोरीको तेल उत्पादक स्लोभ समूह तथा ग्यास टर्बाइन उत्पादक एन्साल्डो इनेर्जिया खरीद गरिसकेका छन् । चिनियाँहरुले युरोपको प्रविधि, खाद्य तथा सम्पत्ति बजारमा आँखा लगाएका छन् जुन निरन्तर बढ्दो क्रममा छ ।



कतिपय चिनियाँ एक्विजिसन त्यति राम्रो नभएको र उनीहरुको व्यवस्थापन पनि राम्रो नभएको टिप्पणी पनि हुने गरेको छ । तर चिनियाँले लिइसकेपछि भोल्भोले मात्रै गत वर्ष चार लाख ६६ हजार कार बेचेको थियो । 

Tata
GBIME
NLIC