काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले आफ्ना अध्यक्ष प्रदीपजंग पाण्डेलाई रिहाइ गरी निजी क्षेत्रलाई आफ्नो कर्मपथमा निरन्तर लाग्ने वातावरण बनाइ दिन सरकारसँग माग गरेको छ ।
३२ वर्ष अघिको पञ्चायतकालिन मुद्दामा भएको फैसला कार्यान्वयन विषय उपर परेको मुद्दामा गत चैत्र ३ गते भएको आदेशपछि राज्य संयन्त्रबाट गरिएको व्यवहारबाट निजी क्षेत्र मर्माहत भएको भन्दै महासंघले पाण्डेलाई सम्मानजनक रुपमा रिहाइ गर्न सरकारसँग माग गरेको हो ।
महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– मुलुकभित्र उद्योग व्यवसाय स्थापना गरि राज्यलाई ठूलो मात्रामा राजस्व र रोजगारी दिइरहेका अध्यक्ष पाण्डेमाथि राज्यबाट भएको व्यवहारले सिंगो निजी क्षेत्र हतोत्साहित हुन पुगेको छ ।