BIZMANDU
www.bizmandu.com

होन्डा ट्रिपल पावर अफरको पुरस्कार, चार जनालाई थाइल्याण्ड भ्रमणको अवसर

२०६९ असोज १४

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा ट्रिपल पावर अफर’ अन्तर्गत थाइल्यान्ड भ्रमण विजेता छनौट गरेको छ । कम्पनीले लक्की ड्र मार्फत विजेता छनोट गरेको हो । विराटनगरका मनोजबहादुर शाह, बीरगन्जका एन्थोनी आरसिंह वाइबा, काठमाडौका कान्तिपुर क्लोथिङ र आरएनएसएन विजयी भएका छन् । कम्पनीले होन्डा जेनेरेटर वा अन्य होन्डा पावर प्रोडक्ट्स खरिदमा ग्राहकलाई एक स्क्र्याच कार्ड र लक्की ड्र कुपन मार्फत विभिन्न पुरस्कार दिएको थियो ।
कम्पनीले होम सर्भिसको सुविधा, स्क्र्याच कार्डबाट १ हजारदेखि १ लाख रुपैयाँ सम्म नगद जित्ने मौका पाएका थिए । बम्पर उपहारस्वरुप भने कम्पनीको खर्चमा चार जना भाग्यशालीले ५ दिन ४ रात थाइल्यान्ड भ्रमणको अवसर पाएको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life