BIZMANDU
www.bizmandu.com

बैशाख ६ गतेबाट सात कम्पनीको डिम्याट सेयर मात्र कारोबार हुने, बिटीको सेयर १५ दिन भित्र बिक्री

२०७१ चैत्र १७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सात कम्पनीको सेयर डिम्याट (अभौतिकृत रुपमा) मात्र गर्ने भएको छ । नेप्सेले बैशाख ६ गतेदेखि सात कम्पनी डिम्याट सेयर मात्र कारोबार गर्ने भएको हो ।
 
नेप्सेले ग्लोबल आइएमइ, हिमालयन जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एभरेष्ट फाइनान्स, युनिलिभर नेपाल, महालक्ष्मी फाइनान्स र तारागाउँ रिजेन्सी होटलको डिम्याट सेयर मात्र कारोबार गर्ने भएको हो ।
 
नेप्सेले चैत २२ गतेदेखि लागू हुने गरी सेयर खरीदकर्ताले अनिवार्य रुपमा अभौतिकृत सेयर प्राप्त गर्ने भन्दै आफ्नो वेनिफिसियरी ओनर आइडेन्टिफिकेसन नम्बर (बिओआइडी) पेस गर्न निर्देशन दिएको छ ।
 
साथै बिटीमा राखेका वा अनुसुची बनाएका ग्राहकले १५ दिनभित्र सेयर बिक्री गर्नु पर्ने भन्दै नेप्सेले बिक्री नभएमा वा नगरेमा सेयर नामसारी गरी सेयर प्रमाणपत्र प्राप्त गर्नु पर्ने वा डिम्याट खातामा जम्मा गर्नु पर्ने व्यवस्थापनि गरेको छ ।  

Tata
GBIME
Nepal Life