भर्खरै खुलासा भएको तस्बिर अनुसार इन्ट्री लेवलको यो स्मार्टफोन रेडमी २ सँग मिल्दोजुल्दो छ । तर यो फोन कति मूल्यको हुने यसका फिचरहरु के के हुने भन्ने विस्तृत विवरण भने उत्पादक कम्पनीले बताएको छैन ।
एक चिनियाँ ब्लग Mydrivers.com का अनुसार श्याओमीको यो रहस्यमयी स्मार्टफोनको करिव ८ हजार रुपैयाँ (चारसय ९९ युआन) उपलब्ध गराउनेछ । श्याओमीले यो फोन आगामी २५ गते (अप्रिल ८ तारिक) सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
श्याओमीले औपचारिक रुपमा फिचरहरु सार्वजनिक नगरेपनि समाचार सुत्रलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यो फोनको चार दशमलव ७ इन्चको हाइडिफिनेसन (एचडी) डिस्प्ले रहने जनाएका छन् । यसैगरी एक दशमलव ६ गिगाहर्ज क्लाड लिडकोर क्वाड कोर प्रोसेसर रहेने उल्लेख छ । यसको एक जिबी रोम रहनेछ भने आठ जिबी इन्टर्नल मेमोरि रहने छ ।
लिड फ्ल्यास सहित पछाडि १३ मेगापिक्सेलको क्यामरा रहेने यो फोनङ्को अगाडि दुई मेगापिसक्सेल क्यामरा हुनेछ । एन्ड्रोइड चार दशमलव चार किटक्याटमा अपरेटिङ सिस्टममा आधारित यो फोनमा पछिल्लो एमआइयुआइ ६ समेत रहेने छ ।
त्यति मात्रै होइन यो फोनले फोरजी एलटीई समेत सपोर्ट गर्छ ।
तर यो फोन श्याओमीले चीन बाहेक अन्य देशहरुमा बिक्री गर्छ कि गर्दैन भन्ने चासोको विषय बनेको छ । यसैबीच श्याओमीले मंगलबार मिड रेन्जको स्मार्टफोन फरारी समेत सार्वजनिक गर्न सक्ने सञ्चारमाध्यमले जनाएका छन् ।