BIZMANDU
www.bizmandu.com

एनसेलले दियो ईन्जिनियरिङका १२ जना विद्यार्थीलाई छात्रवृत्ति, पाँच जनालाई उत्कृष्ट पुरस्कार

२०७१ चैत्र १६

एनसेलले दियो ईन्जिनियरिङका १२ जना विद्यार्थीलाई छात्रवृत्ति, पाँच जनालाई उत्कृष्ट पुरस्कार
एनसेलले दियो ईन्जिनियरिङका १२ जना विद्यार्थीलाई छात्रवृत्ति, पाँच जनालाई उत्कृष्ट पुरस्कार

काठमाडौं । एनसेलले पुल्चोक इन्जिनियरिङ कलेजका ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स, र कम्प्युटर इन्जिनियरिङ संकायका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ ।

Tata
GBIME
Nepal Life

एनसेलका प्रमुख कार्यकारी एरिम टाईलानलरले सोमवार १२ वटा समूह अन्तर्गत यी संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा चार वटा समूह अन्तर्गत पाँच विद्यार्थीलाई एनसेल उत्कृष्टता पुरस्कार प्रदान गरे ।

उच्च प्राविधिक शिक्षालाई प्रोत्साहन र दक्ष जनशक्ति विकासमा योगदान पु¥याउने उद्देश्य अनुरुप एनसेलले प्रदान गरेको प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कारको राशिएक लाख रुपैयाँ रहेको छ ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच वर्षका लागि ईन्जिनियरिङ अध्ययन संस्थान केन्द्रिय क्याम्पस पुल्चोकमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो ।

‘एनसेल छात्रवृत्तिले लगनशिल र उत्कृष्ट विद्यार्थीहरुलाई आर्थिक व्यवस्थापनभन्दा पढाईमा बढी ध्यानदिन मद्दत गर्ने तथा एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजा सहित उतिर्ण भएका विद्यार्थीहरुलाई उच्च लगन, मनोवल र उत्साहका साथ व्यवसायिक करिअर शुरु गर्न हौस्याउने उद्देश्य लिएको छ, टाईलानलरले भने, यसले विद्यार्थी तथा क्याम्पसलाई सृजनशिल रहन योगदान दिने विश्वास लिएका छौं।’

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजाका आधारमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

छात्रवृत्ति अन्तर्गतग शैक्षिक वर्षको वार्षिक नतिजाको आधारमा ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन, र  कम्प्युटर इन्जिनियरिङका एक एक जना उत्कृष्ट विद्यार्थी र यी तीनै संकायका छात्राहरु मध्येबाट एक उत्कृष्ट छात्रा गरि प्रत्येक व्याचका चार जना विद्यार्थीले एनसेल छात्रवृत्ति प्राप्त गरेका हुन् ।

एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ । जसमा कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तहसम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको छ ।

एनसेलले हालसम्म शिक्षाको क्षेत्रमा करिब सात करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।