BIZMANDU
www.bizmandu.com

चौधरी समूहको अपरेशन दृष्टि कार्यक्रम, १० हजारको निःशुल्क स्वास्थ्य परीक्षण

२०६९ असार २३

काठमाडौं । चौधरी ग्रुप र हेल्पएज ईन्टरनेशनलको संयुक्त प्रायोजनमा गत वर्षदेखि सञ्चालित ‘सीजी अपरेशन दृष्टि’ को दोश्रो चरणको कार्यक्रम साउनदेखि फागुन महिनासम्म सञ्चालन हुने भएको छ । चौधरी ग्रुपका तर्फबाट वरिष्ठ सल्लाहकार महेशराज पन्त र हेल्पएज ईन्टरनेशनलका तर्फवाट कन्ट्री रिप्रेजेन्टेटिभ संगीता निरौलाबिच कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । दोश्रो चरणको कार्यक्रम देशका १८ जिल्लामा नेपाल नेत्रज्योति संघ मार्फत संचालन हुने छ । कार्यक्रमअन्तर्गत  १० हजार भन्दा बढीको निःशुल्क आँखा परीक्षण गरी कम्तिमा २ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया गरिने लक्ष्य राखिएको छ । चौधरी ग्रुपले व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत कार्यक्रम सञ्चालन गर्न लागेको हो । गत वर्ष मोतियाविन्दुका कारण ज्योति गुमाएका एक हजार १५३  जनालाइ दृष्टि प्रदान गरिएको थियो ।

Tata
GBIME
Nepal Life