BIZMANDU
www.bizmandu.com

लक्ष्मी भ्यालु फन्ड एकको बाँडफाँट, ४ हजार २ सय ३५ आवेदकले पाए, एकसयदेखि १२ लाख कित्तासम्म वितरण

२०७१ चैत्र १२

लक्ष्मी भ्यालु फन्ड एकको बाँडफाँट, ४ हजार २ सय ३५ आवेदकले पाए, एकसयदेखि १२ लाख कित्तासम्म वितरण
लक्ष्मी भ्यालु फन्ड एकको बाँडफाँट, ४ हजार २ सय ३५ आवेदकले पाए, एकसयदेखि १२ लाख कित्तासम्म वितरण

काठमाडौं । लक्ष्मी क्यापिटलले जारी गरेको लक्ष्मी भ्यालु फन्ड एकको इकाइ बाँडफाँट गरिएको छ । लक्ष्मी क्यापिटलले विहीबार इकाइ बाँडफाँट गरेको हो । प्रति इकाइ १० रुपैयाँ पर्ने यो योजना गत फागुन ६ गतेसम्म विक्री खुला गरिएको थियो ।

Tata
GBIME
Nepal Life

कम्पनीले विक्री बन्द भएको ३६ दिनमा आफ्नो इकाइ बाँडफाँट गरेको हो । यो भ्यालु फन्डमा तीन गुणा बढी आवेदन परेको थियो । कूल ५० करोडको आवेदन मागिएकोमा सिड फन्डसहित एक अर्ब २० करोड ९० लाख रुपैयाँको आवेदन परेको थियो ।

लक्ष्मी क्यापिटलले आगामी पाँच कार्य दिन भित्रै इकाइ नपर्ने लगानीकर्ताको पैसा फिर्ता गर्ने जनाएको छ । लगानीकर्ताले न्यूनतम एकसयदेखि १२ लाख ८६ हजार इकाइसम्म पाएका छन् । संस्थागत लगानीकर्ता वाणिज्य बैंकहरुले १२ लाख ८६ हजारका दरले इकाइ पाएका हुन् ।

कूल चारहजार दुईसय ३५ लगानीकर्ताले यो योजनाको इकाइ पाएको लक्ष्मी क्यापिटलले जनाएको छ । बाँडफाँटको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस ।